काठमाण्डौ । बागमति प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी दर्ता भएको एक वर्ष नपुगी एकिकरण नगर्ने भएको छ ।
मन्त्रालयले कार्तिक २३ गते प्रेशविज्ञप्ती जारी गरी कम्तीमा एक कार्यकाल कुनैपनि सहकारी संघ संस्थासंग एकिकरण गर्न नपाइने जनाएको छ ।
मन्त्रालयमा सहकारी संघ संस्था दर्ता गर्न वा अन्य कार्य गर्न विचौलियाको प्रयोग नगर्न भनेको छ । विज्ञप्तीमा संस्था दर्ता गर्दा सम्वन्धित ब्यक्तीहरु आफै आउन र बिचौलिया तथा दलालहरु नपठाउन आग्रह गरेको छ ।
साथै संस्थाको अख्तियारी दिएको पत्र सहित सम्वन्धित संस्थाका संचालक तथा कर्मचारी मात्र पठाउन भनेको छ । पछिल्लो समय कार्यक्षेत्र तथा सेवाकेन्द्र विस्तारका नाममा सहकारी दर्ता गरेर एकिकरण गर्ने प्रवृति वढेको पाइन्छ ।
Leave a comment