हाइलाइट

सहारा नेपाल साकोसले ‘पशुलाई सुत्केरी भत्ता’ प्रदान गर्ने

सहारा नेपाल साकोसले ‘पशुलाई सुत्केरी भत्ता’ प्रदान गर्ने :: Sahakari Akhabar

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले व्यवसायिक कृषि कर्जा लिएका सदस्यका गाई भैंसी ब्याउँदा सुत्केरी भत्ता वापत एक हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । संस्थाको २५औं वार्षिक साधारण सभाको जानकारी गराउन पत्रकार सम्मेलन गरीएको थियो ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । उनले सदस्यहरुले व्यवसायिक कृषि ऋण लिई गाई तथा भैंसी पालन गरिरहेको भएमा यो वर्ष ६ वटा पालिकाबाट ‘पशुलाई सुत्केरी भत्ता’ प्रदान गरिने योजना अघि सारिएको बताए ।

संस्थाले चालू वर्षमा २०० अति विपन्न सदस्यहरुलाई रासन कार्डको माध्यमबाट खाद्यान्नमा ५० प्रतिशत अनुदान दिने नीति समेत अघि सारेको बताए । स्थानीय तहमा छुट्टै सरकार बनेको ४ वर्ष बितिसक्दा पनि विपन्न लक्षित कार्यक्रम नल्याएको महसुस गरी सदस्यहरुलाई राहत दिन संस्थाले यस्तो कार्यक्रम अघि सारेको कार्यकारी प्रमुख गिरीले बताएका छन् ।

यसरी नै कृषि तथा पशु व्यवसाय प्रवर्धन अन्तरगत यस वर्षदेखि सदस्यहरुका १० प्रकारका उत्पादनहरुलाई प्रशोधन तथा बजारिकरण गर्न भूमिका खेल्ने कार्ययोजना बनाएको बताए । संस्थाको कार्यक्षेत्र भित्रका ९० स्थानमा एकाई साधारणसभा सम्पादन गर्दै अन्तिम माइन्युट प्रमाणित साधारणसभा यही कार्तिक २७ गते बिर्तामोडमा सम्पन्न गर्ने योजना रहेको जनाइएको छ ।

संस्थाले सदस्यहरुको स्वास्थ्य सेवालाई अझ सहज वनाउन सहारा हेल्थ सेन्टर स्थापना गरी आधारभुत डाइग्नोसिस सेवा सुरु गर्न एउटा भवन निर्माण कार्यको थालनी गरिने बताइएको छ ।

संस्थाले सदस्य संरक्षण सिद्धान्त राम्रोसँग पालना गरे वापत स्मार्ट सर्टिफिकेसन प्राप्त गरेको जनाउँदै ३० हजारभन्दा धेरै सहकारी संस्था रहेको नेपालमा हालसम्म २ वटाले मात्र उक्त सर्टिफिकेट पाएको कार्यकारी प्रमुख गिरीको भनाई छ ।

संस्थाको वित्तीय कारोवार १३ अर्व नजिक पुगेको जनाउँदै कार्यकारी प्रमुख गिरीले अब हर व्यक्तिलाई सहाराको सदस्य हुनु नै इज्जत, प्रतिष्ठा र गौरव महशुस हुन थालेको दाबी गरे । संस्थामा २०७८ आषाढ मसान्तसम्म १ लाख ५० हजार ३५४ जना शेयर सदस्यहरु आवद्ध रहेको जानकारी दिए । ‘प्रदेश १ का ११ जिल्लाका ८० गाउँ तथा नगरपालिकाहरुलाई सहारा नेपालले कार्यक्षेत्र बनाई काम गरिरहेको छ’ उनले भने ।

संस्थाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने नीति अनुरुप अल्पसंख्यक अति बिपन्न परिवारका सदस्यका १० जना छोराछोरी (संन्थाल, मुसहर, लेप्चा, किसान लगायत)लाई एमबीबीएस अध्ययनको लागि सहयोग पुर्याउने योजना अघि सार्दै यसै वर्ष २ जनाबाट कार्यान्वयन गर्ने प्रस्ताव पनि गरिएको छ ।

संस्थाको शेयर पुँजी १ अर्ब ४६ करोड ६५ लाख, जगेडा कोष ९४ करोड १ लाख तथा अन्य कोष ३७ करोड ५७ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, बचत ८ अर्ब २३ करोड ९४ लाख, लगानीमा रहिरहेको ऋण १० अर्ब १ करोड ४२ लाख, भौतिक सम्पत्ती ४० करोड ८८ लाख र बाह्य ऋण १ अर्ब ३२ करोड रहेको प्रतिवेदनमा जनाइएको छ ।

२०७८ आषाढ मसान्तसम्मको संस्थाको वासलात १२ अर्ब ७१ करोड ८१ लाख पुगेको जनाइएको छ । संस्थाले समीक्षा वर्षमा ४५ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।

संस्थालेले आर्थिक वर्ष २०७८/०७९ को लागि वित्तीय तथा गैह्र वित्तीय क्षेत्रका १६ वटा शीर्षकमा ७२ वटा कार्यक्रम प्रस्तावित गरेको छ । संस्थाले यसै वर्षदेखि एटीएम सेवा सञ्चालनमा ल्याउने योजना अघि सारेको छ । त्यसैगरी सहुलियत ब्याजदर (२ प्रतिशत हाराहारी)–को वैदेशिक ऋण भित्राएर रोजगारी सृजना गर्न तथा गरिवी न्यूनीकरणको लागि सदस्यहरुलाई ऋण प्रदान गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको कार्यक्षेत्र रहेका ६ वटा जिल्लाका ५८ वटा पालिका र नयाँ ५ वटा जिल्लाका २–२ वटा पालिकामा हाल ७४ वटा सेवा केन्द्र रहेकोमा यसै आर्थिक वर्षभित्र ८५ वटा पुर्याउने, २ लाख सेयर सदस्य बनाउने तथा १६ अर्बको वासलात बनाउँदै ६० करोड रुपैयाँ नाफा कमाउने संस्थाको लक्ष्य छ । 

“म पनि उद्यमी” कार्यक्रम अघि सारेर सम्पूर्ण शेयर सदस्यहरुलाई उद्यमी बनाउन प्रयास गर्ने लक्ष्य लिएको छ । आगामी ४ वर्ष भित्र १० हजार उद्यमी सदस्य तयार हुनेछन् जसका लागि संस्थाले सम्भाव्यता अध्ययन, तालिम, सीप, ऋण, बजार र प्राविधिक ज्ञान सहयोग गर्ने प्रस्ताव गरिएको छ ।

संस्थाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने नीति अनुरुप अल्पसंख्यक अति बिपन्न परिवारका सदस्यका १० जना छोराछोरी (संन्थाल, मुसहर, लेप्चा, किसान लगायत)लाई एमबीबीएस अध्ययनको लागि सहयोग पुर्याउने योजना अघि सार्दै यसै वर्ष २ जनाबाट कार्यान्वयन गर्ने प्रस्ताव पनि गरिएको छ ।

सहारा नेपाल साकोसले समुदायिक विकासको कार्यक्रम अन्तर्गत गतवर्ष पाँचथरको कुम्मायक र उदयपुरको चौदण्डीगढी पालिकाका प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई एक एक थान एम्बुलेन्स उपलब्ध गराएकोमा सो कार्यलाई निरन्तरता दिँदै चालूवर्ष पनि सोही जिल्लामा ४ वटा एम्बुलेन्स बितरण गरिने कार्यक्रम अघि सारेको छ ।

संस्थाले सदस्यहरुको स्वास्थ्य सेवालाई अझ सहज वनाउन सहारा हेल्थ सेन्टर स्थापना गरी आधारभुत डाइग्नोसिस सेवा सुरु गर्न एउटा भवन निर्माण कार्यको थालनी गरिने बताइएको छ । सहकारी एकीकरण प्रक्रियालाई निरन्तरता दिँदै आगामी दिनमा बिग मर्जरको अवधारणालाई अघि बढाउने योजना बनाएको छ ।

संस्थाको कार्यक्षेत्र रहेका ६ वटा जिल्लाका ५८ वटा पालिका र नयाँ ५ वटा जिल्लाका २–२ वटा पालिकामा हाल ७४ वटा सेवा केन्द्र रहेकोमा यसै आर्थिक वर्षभित्र ८५ वटा पुर्याउने, २ लाख सेयर सदस्य बनाउने तथा १६ अर्बको वासलात बनाउँदै ६० करोड रुपैयाँ नाफा कमाउने संस्थाको लक्ष्य छ ।



Leave a comment