काठमाडौं । प्रदेश १ मा स्थापना भएको विशिष्टीकृत उपभोक्ता सहकारी संघको कार्यक्रम धमाधम अघि बढेको छ । संघले पुसदेखि प्रभावकारीढंगले काम गर्नेगरी प्रक्रिया अघि बढेको हो । बचत तथा ऋण कर्ममा सिमित रहेका सहकारीहरु अव उत्पादन तथा बजारिकरणमा जोडिने माध्याम बनेको छ ।
बचत तथा ऋण सहकारीहरुको बाहुल्यता रहिरहेको समयमा बजारीकरणका लागि सहकारी उदाउन थालेका छन् । विभिन्न प्रकृतिका सहकारी मिलेर उपभोक्ता विशिष्टीकृत सहकारी संघमार्फत बजारीकरणका क्षेत्रमा काम सुरु गरेका हुन् ।
प्रदेश १ मा बजार अध्ययन सकिने चरणमा पुगेको छ । पुससम्म अध्ययन तथा रणनीतिक योजना सकेर आक्रमक ढंगले बजारीकरण गर्ने योजना रहेको संघका अध्यक्ष महेन्द्र गिरीले बताए । बजार अध्ययन र रणनीति निर्माणमा राष्ट्रिय सहकारी बैंकले सहयोग गरिरहेको छ ।
पुससम्म बजार अध्ययनको प्रतिवेदन आउने छ । तत्पश्चात बजार व्यवस्थित हुने गिरीले बताए । उपभोक्ता विशिष्टीकृत सहकारी संघका लागि राष्ट्रिय सहकारी महासंघले १० लाख सहयोग गरेको छ । स्वदेशी उत्पादनले बजारीकरण नपाएको मनन् गर्दै महासंघले उपभोग्य वस्तुको बिक्रीवितरणका लागि संघ स्थापनामा सहयोग गरेको हो ।
यहाँको विष्टिकृत सहकारी संघले कृषि मेसिनरी र फोटोकफी मेसिन बिक्री गर्न सुरु गरिसकेको छ । यसले कृषि मेसिनरी, स्टेसनरी तथा छपाइ, उपभोग्य सामग्री बिक्री गर्ने योजना बनाएको छ । सहकारी ऐन २०७४ मा सहकारीलाई उत्पादन तथा बजारीकरणमा जान विशिष्टिीकृत सहकारी संघको व्यवस्था गरिएको हो ।
यस्तो व्यवस्था गरिएसँगै कृषि क्षेत्रमा काम गर्न धेरै विशिष्टीकृत सहकारी संघ गठन भएका छन् । प्रदेश १ को विशिष्टिकृत उपभोक्ता सहकारी संघमा हाल ५० वटा सहकारी आबद्ध भएका छन् । ती संस्थाले १ करोड २५ लाख जम्मा गरिसकेका छन् ।
गिरीले सदस्यता विस्तार गरी पुसम्म १ सय सहकारी बनाएर २ करोड सेयर पुँजी पु¥याउने योजना रहेको बताए । संघले भाफा, इलाम, मोरङ लगायत क्षेत्रमा प्रशिक्षणका कार्यक्रम गर्दै आएको छ । संघमा ५ सय बढी सहकारी पु¥याउने लक्ष्य छ । उपभोक्ता सहकारी संघले कृषकका उत्पादन खरिद गरी बिक्रि वितरण गर्ने छ ।
Leave a comment