प्रदेश एक सहकारी संघले १० महिनासम्म साधारण सभा नै नगरेको आशंका

प्रदेश एक सहकारी संघले १० महिनासम्म साधारण सभा नै नगरेको आशंका :: Sahakari Akhabar

विराटनगर । प्रदेश सहकारी संघ दर्ता भएको १० महिना बितिसक्दा पनि प्रारम्भीक साधारणसभा गरेको प्रतिवेदन नबुझाएको बुझिएको छ । तर संघका अध्यक्षले भने गत साउनमा नै साधारणसभा गरिसकेको दावी गरेका छन् । 

प्रदेश सहकारी रजिष्ट्रार बलराम निरौलाले संघको प्रतिवेदन आइनसकेको बताए । दर्ता गरेको संघको साधारणसभा तीन महिना भित्र गरिसकेर रजिष्ट्रार कार्यालयमा फाइल बुझाउनुपर्ने भए पनि अहिलेसम्म कुनै जानकारी नभएको निरौलाले बताए । ‘रजिष्ट्रार कार्यालयमा कुनै जानकारी आएको छैन’, उनले भने, ‘हामीले पनि कुनै जानकारी मगाएका छैनौ, त्यसबारे के भएको हो अव बुझ्छौं ।’ 

संघ दर्ता भएको एक बर्ष हुनलागीसक्यो । सहकारी रजिष्ट्रार कार्यालयमा २०७७ पुस १६ गते संघ दर्ता भएको थियो । तर अहिलेसम्म प्रारम्भीक साधारणसभा गरे÷नगरेको एकिन हुन सकेको छैन ।कार्यालयका प्रमुख निरौलाका अनुसार दर्ता भएको तीन महिना भित्र संघले साधारण सभा गर्नुपर्छ । दर्तापश्चात प्रारम्भीक साधारण सभा गरी रजिष्ट्रार कार्यालयमा प्रतिवेदन बुझाउनुपर्छ । 

प्रदेश रजिष्ट्रार निरौलाले किन साधारण सभा नगरिएको वा गरेको भए प्रतिवेदन किन नबुझाएको भन्दै संघसँग जानकारी लिने प्रतिवद्धता जनाए । दर्ता भएको तीन महिनाभित्र साधारण सभा नगरिएको भए र रजिष्ट्रारले मागेको कुरा उपलब्ध नभए कारवाही गर्न सकिने व्यवस्था छ । 

प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल जिल्ला सहकारी संघ मोरङका पनि अध्यक्ष हुन्, उनले गत साउनमा प्रारम्भीक साधारण सभा गरेको जनाए । 




Leave a comment