हाइलाइट

सिभिल सहकारीका सचालक बिरुद्ध ४ अर्ब ६१ करोड ठगीकाे उजुरी दर्ता

सिभिल सहकारीका सचालक बिरुद्ध  ४ अर्ब ६१ करोड ठगीकाे उजुरी दर्ता :: Sahakari Akhabar

काठमाडौं । सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र पूर्व अध्यक्ष इच्छाराज तामाङविरुद्ध  ४ अर्ब ६१ करोड २५ लाख रकम नपाएको उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा दिएका हुन् । अहिलेसम्म १ हजार १ सय २६ जनाले उजुरी दिएका छन् । 

तामाङ र श्रेष्ठले २ हजार भन्दा बढी निक्षेपकर्ताको ८ अर्ब ५७ करोड रकम फिर्ता गर्न सकेका छैनन् । सहकारीबाट ९० प्रतिशत भन्दा बढी रकम तामाङले आफ्ना निजी कम्पनीमा लगेका छन् । सिभिल ग्रुप अन्र्तगत विभिन्न कम्पनीमा सहकारीका अध्यक्ष श्रेष्ठ पनि सञ्चालक छन् । सर्वसाधारणबाट आकर्षक ब्याजको प्रलोभन देखाउँदै उनीहरुले सहकारीको पैसा आफ्ना निजी कम्पनीमा लगाएका हुन् । निक्षेप माग्न जाने सदस्यलाई उनले सेयरमा रुपान्तरण गर्न धम्की दिदैँ आएका थिए । निक्षेपकर्ताले आफूले जम्मा गरेको रकमको साँवा तथा ब्याज झिक्न पटक–पटक ताकेता गर्दा पनि रकम झिक्न पाएका थिएनन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सहकारीका अध्यक्ष श्रेष्ठ र पूर्वअध्यक्ष तामाङसहित १२ जनालाई हिरासतमा राखेर संगठित अपराध कसुरमा अनुसन्धान थालेको छ । 

प्रहरीले सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसुरमा अनुसन्धान अगाडि बढाएको थियो । ठगीको रकम धेरै भएको र पीडितको संख्या पनि बढ्दै गएको कारण आवश्यक अनुसन्धानका लागि संगठित अपराधको कसुरमा जिल्ला अदालत काठमाडौंबाट १८ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ । 

तामाङले सहकारीबाट उठाएको रकम अन्य संस्थामा लगानी गर्ने, हाउजिङ तथा घरजग्गामा प्रयोग गर्ने त्यहाँबाट आम्दानी भएको रकम सहकारीको खातामा नराखेर हिसाव गडबड गरेकाले बचतकर्ताको रकम डुब्ने अवस्थामा पुगेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।



Leave a comment