सहकारी विभागको रजिष्ट्रारमा झलकराम अधिकारी

सहकारी विभागको रजिष्ट्रारमा झलकराम अधिकारी :: Sahakari Akhabar

काठमाडौं । संघीय सहकारी विभागको रजिष्ट्रारमा झलकराम अधिकारी सरुवा भएका छन । यस अगाडि सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिव रहेका अधिकारी सहकारी विभागमा सरुवा भएका हुन ।

अधिकारीले आगामी सोमबार पदवहाली गर्ने कार्यक्रम छ । कुशल प्रशासकको छवि बनाएका अधिकारीले सहसचिव भएपछि सार्वजनिक वित्त व्यवस्थापन तथा तालिम केन्द्र ललितपुर प्रमुख, ठूला करदाता कार्यालयको कर प्रशासक, आन्तरिक राजश्व विभागको उपमहानिर्देशक र आन्तरिक राजश्व कार्यालय काठमाडौंको प्रमुख भएर काम गरिसकेका  छन् ।



Leave a comment