सिभिलका पीडितको उजुरी संख्या बढ्यो

सिभिलका पीडितको उजुरी संख्या बढ्यो :: Sahakari Akhabar

काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पीडितको उजुरी दिने क्रम बढेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सम्पर्कमा पुगेर उजुरी दिने क्रम बढ्दो छ । ठगीको आरोपामा पूर्व अध्यक्ष इच्छाराज तामाङ, अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई ब्यूरोले पक्राउ गरेको छ । उनीहरुको म्याद थप भएर अनुसन्धान भइरहेको छ ।

ब्यूरोका अनुसार शुक्रबारसम्म १ सय ८३ जनाले उजुरी दिएका छन् । सीआईबीले ७० जना पीडित निक्षेपकर्ताको जाहेरीका आधारमा गत सोमबार पूर्वअध्यक्ष तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो ।

सिभिल सहकारीबाट तामाङ र श्रेष्ठले ९० प्रतिशत आफ्ना निजी कम्पनीमा लगानी गरेका छन् । २ हजार भन्दा बढी निक्षेपकर्ताको निक्षेप संकलन गरेर उनीहरुले लामो समयदेखि साँवा तथा ब्याज फिर्ता दिएका छैनन् ।  करिब १ अर्ब ठगी गरेको ती उजुरीकर्ताको गुनासो छ । 

प्रहरीले पीडितलाई सम्पर्कमा आउन आह्वान गरेको छ । सहकारी ऐन तथा ठगीसम्बन्धी ऐनका आधारमा मुद्दा अगाडि बढाइएको छ । सहकारी ऐन तथा नियमावलीले तोकेको क्षेत्रभन्दा बाहिर गएर निजी प्रयोजनका लागि उक्त रकम प्रयोग भएको निक्षेपकर्ताको आरोप छ । सिभिल सहकारीबाट तामाङले आफ्ना निजी कम्पनीमार्फत ८ अर्ब ५७ करोड ३८ लाख ऋण लिएका छन् । 





Leave a comment