काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार १८ जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिको आकार बढाएका छन् । २५ सदस्यीय सरकारमा १५ जना मन्त्री नयाँ अनुहारका परेका छन् । देउवाले सरकारमा ६ महिलाले मन्त्री बन्ने अवसर पाएका छन् । जसमा पाँच मन्त्री र एक राज्यमन्त्री छन् ।
माओवादी केन्द्रले पम्फा भुसाल र शशी श्रेष्ठलाई मन्त्री तथा बोधमायाकुमारी यादवलाई राज्यमन्त्री बनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा शशी श्रेष्ठ नियुक्त भएकी छिन् । शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनमा श्रेष्ठले सहकारी मन्त्रालयको जिम्मेवारी प्राप्त गरेकी हुन । प्रधानमन्त्री देउवाले शुक्रबार पूर्णता दिएको मन्त्रिपरिषद्यमा ६० प्रतिशत पहिलो पटक मन्त्री बनेका छन् ।
को को बने मन्त्री
Leave a comment