सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कफी उत्पादन बढेको छ । यहाँका सहकारीले कफी उत्पादन गरेर विदेशसम्म निर्यात गर्छन् । कोभिड–१९ को संक्रमणबीच पनि कफी विदेश निर्यात भएको छ । जिल्लामा सहकारीको मुभमेन्ट कमजोर छ ।
जिल्ला सहकारी संघलगायत यहाँका अधिकांश सहकारीका संघहरु निश्क्रिय छन् । तर जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोकले राम्रो व्यबसाय गरिरहेको छ । अध्यक्ष मन्दु थापाका अनुसार संघले वार्षिक सात टन अर्गानिक कफी विदेश निर्यात गरेको छ ।
जापान, अस्ट्रेलिया, कोरियामा सिन्धुपाल्चोकको कफी निर्यात हुन्छ । ८ वर्षदेखि सिन्धुपाल्चोकको अर्गानिक कफी विदेश निर्यात भइरहेको छ । सुरुका समयमा ३० टन उत्पादन हुँदै आएकोमा पछिल्लो समयमा उत्पादन घट्दै गएको छ ।
रोग, किराको प्रकोप बढेकाले पछिल्लो समयमा १५ टन उत्पादन भइरहेको छ । त्यसमध्ये ८ टन विदेश निर्यात हुन्छ । ७ टन काठमाडौंका कफी क्याफेहरुमा बिक्री हुन्छ । जिल्लामा १२ वटा सहकारी संस्थाले कफी उत्पादन गरिरहेका छन् ।
‘सिन्धु अर्गानिक कफी’ स्थानीय बजारमा समेत माग बढ्दै गएको छ । ३० टन उत्पादन हुँदा यहाँका कृषकले वार्षिक २ करोड आम्दानी गर्छन् । तर पछिल्लोे समयमा किरा, रोग र प्रकोप बढ्दै गएकाले कृषकमा चिन्ता थपिएको अध्यक्ष थापाले बताइन् ।
ती सहकारीमा ४ हजार ३ सय कृषक आबद्ध छन् । कृषकले पनि कफी उत्पादन गर्छन् । प्रारम्भीक सहकारीले उत्पादन गर्नुका साथै सदस्यको उत्पादन पनि संकलन गर्र्छ । प्रारम्भीक सहकारीबाट जिल्ला कफी सहकारी संघले कफी संकलन गरी बिक्री गर्छ ।
अध्यक्ष थापाका अनुसार उत्पादन, प्रशोधन र बजारीकरणमा संघले काम गर्दै आएको छ । संघले सबै सहकारीमा प्रशोधन मेसिन राखेको छ । राज्यले तोकेको मूल्यमा कफी खरिद गरी बिक्री गरी नाफा भएमा प्रति केजी १० रुपैयाँ सहकारीलाई नै फर्काउने गरिएको अध्यक्ष थापाले बताइन् ।
कफी संघको भवन सुकुटेमा छ । ‘उत्पादन, प्रशोधन, प्याजेजिङ र बजारीकरण हामीले गर्छाै’ उनले भनिन्,‘राज्यको सहयोग पाएमा उत्पादन बढाउन सहयोग पुग्ने थियो ।’ १२४ हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको छ । ‘कफी ग्रिन बिट’ प्रतिकिलो ९ डलरमा बिक्री हुन्छ । पर्याप्त माग भएपनि उत्पादन घट्दै गएकाले निर्यात गर्न नसकिएको जिल्ला संघले जनाएको छ ।
‘सिन्धु अर्गानिक कफी’ स्थानीय बजारमा समेत माग बढ्दै गएको छ । ३० टन उत्पादन हुँदा यहाँका कृषकले वार्षिक २ करोड आम्दानी गर्छन् । तर पछिल्लोे समयमा किरा, रोग र प्रकोप बढ्दै गएकाले कृषकमा चिन्ता थपिएको अध्यक्ष थापाले बताइन् ।
रोग नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । जिल्लाका बाह्रबिसे, चौतारा साँगाचोकगढी, मेलम्चीलगायत पाँच गाउँपालिकाका कृषकले कफी खेती गर्छन् । कफीका बोटबाट तीन वर्षबाट उत्पादन लिन सकिन्छ ।
कफी उत्पादन बढाउन, रोग, प्रकोप नियन्त्रण गर्न, निर्यात तथा विक्रीवितरण गर्न कफी केन्द्रीय संघले पहल गर्न नसकेको कृषकहरु गुनासो गर्छन् । जिल्ला सहकारी संघ सिन्धुपाल्चोकका उपाध्यक्ष एवम् बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक चक्र बस्नेतले सिन्धुपाल्चोक कफी खेतीका लागि उर्वर भूमि भएकाले उत्पादन बढाउन विशेषरुपमा जोड दिनुपर्ने बताउँछन् ।
Leave a comment