हाइलाइट

प्रदेश १ बहुउद्देश्यीय सहकारी संघ दर्ता

प्रदेश १ बहुउद्देश्यीय सहकारी संघ दर्ता :: Sahakari Akhabar

विराटनगर । प्रदेश १ बहुउद्देश्यीय सहकारी संघ दर्ता भएको छ । प्रदेश सहकारी रजिष्टार कार्यालय इटहरीले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघ दर्ता गरिएको जानकारी दिएको हो ।

झापाको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि सनीप भुजेलको संयोजकत्वमा प्रदेश १ बहुउद्देश्यीय सहकारी संघ दर्ता भएको छ ।

संघमा प्रदेशका ५ वटा संघ तथा बहुउद्देयीय प्रारम्भिक सहकारीको गणपुरक संख्या पुगेकोले संघ दर्ता गरिएको सूचनामा उल्लेख छ ।

सूचना कार्यालयमा रितपूर्वक आएको निवेदनमा कानुन बमोजिम तोकिएका न्युनतम् प्रारम्भिक सहकारी संस्था र संघहरु समावेस भएको तथा कार्यालयले तोकेको शर्त र प्रकृया समेत पुरा गरेकोले संघ दर्ता गरी प्रमाणपत्र दिइएको उल्लेख छ ।




Leave a comment