हाइलाइट

साधारणसभा मोडालिटी परिवर्तन गर्दै सहकारी

साधारणसभा मोडालिटी परिवर्तन गर्दै सहकारी :: Sahakari Akhabar

काठमाडौं । कोभिडपछि सहज व्यवस्था भएसँगै सहकारीले साधारणसभाको मोडालिटी परिवर्तन गर्न थालेका छन् । सहकारी विभागले असोज ६ गते पछि सूचना गरी हुने साधारणसभालाई भौतिक मान्यता नदिने निर्णय गरेसँगै भर्चुअल तयारी गरेका सहकारी भौतिकरुपमा साधारणसभा गर्न बाध्य भएका हुन् । 

कोरोनाको जोखिम घट्दै जानुका साथै देश पूर्णरुपमा खुला भएसँगै सहकारीले प्रचलित नियम अनुसार  नै साधारणसभा गर्नुपर्ने भएको हो । विभागले कोभिडको बेला भर्चुअलरुपमा साधारणभा गर्न सकिने निर्देशन जारी गरेको थियो । पछिल्लो समयमा कोभिडको जोखिम घट्दै गएको छ ।

सहकारी विभागले अब भर्चुअल साधारणसभालाई मान्यता नदिने निर्णय गरिसकेको छ । विभागले असोज ६ गते निर्देशन जारी गर्दै हाल कोरोना सक्रमण घट्दै गएको निषेधाज्ञारबन्दाबन्दी नरहेकाले अब सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, सहकारी संस्थाको साधारणसभा ९कार्यसञ्चालन कार्यविधि० २०७६ तथा प्रचलित कानुन अनुसार साधारणभा गर्न सूचना जारी गरिएको छ ।

विभागले असोज ६ गते अघि साधारणसभाको सूचना जारी गरेका सहकारीले भने भर्चुअलरुपमै साधारणसभा गर्न पाउने छन् । जेष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले भर्चुअलरुपमा साधारणसभाको मिति तय गरेको थियो ।

भदौ २२ गते सूचना प्रकाशित गरी असोज ११ देखि १५ गतेसम्म साधारणसभाको मिति तय  भएको थयो । सदस्यलाई पायक पर्ने सेवा केन्द्रमा उपस्थित भएर उक्त समयमा साधारणसभामा उपस्थिति जनाउने मिति तय भएपछि साधारणसको समय र मोडालिटी परिवर्तन भएको छ । 

संस्थाले असोज १५ गते भौतिक रुपमा साधारणसभा गर्ने तय गरेको छ । असोज ६ गते बैठक बसी हार्दिक होटल बागबजारमा भौतिकरुपमा उपस्थित भई साधारणसभा गर्ने तय भएको छ । 

त्यसैगरी मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले असोज १६ गतेदेखि २१ गतेसम्मको साधारणसभाको मिति तय गरेको थियो । भौतिकरुपमै साधारणसभा गर्नेगरी उसले तोकिएको समयमा भर्चुअल बैठक स्थगित गरेको छ । 

प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालद्धारा जारी विज्ञप्तिमा अर्को निर्णय नहुन्जेलसम्म साधारणसभा स्थगित गरिएको छ । जेष्ठ आइडियोलोजी र मेगाड्रिम प्रतिनिधि सहकारी हुन् ।

पछिल्लो समयमा सहकारीले तोकिएको साधारणसभाको मिति र मोडालिटी परिवर्तन गरी भौतिक उपस्थितिमै साधारणसभा तय गर्न थालेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० का कारण सहकारीले भौतिकरुपमा साधारणसभा गर्न पाएका थिएनन् । सहकारी विभागले कोभिडको समयमा सहज गर्दै भौतिकरुपमा उपस्थित नभई भर्चुअलरुपमा साधारणसभा गर्न मान्यता दिएको थियो । 




Leave a comment