हाइलाइट

पञ्चशील सहकारीमा पूर्व अध्यक्षलाइ कार्यकारी दिनेगरी सम्झौता

पञ्चशील सहकारीमा पूर्व अध्यक्षलाइ कार्यकारी दिनेगरी सम्झौता :: Sahakari Akhabar

ललितपुर । विगत २० वर्ष देखि एउटै समुहको समिति र कार्यकारीले संचालन गर्दै आएको कुमारीपाटीमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थामा पूर्व अध्यक्षलाई कार्यकारी दिनेगरी समितिको पदमा सम्झौता भएको छ ।

पना कालदेखि अध्यक्ष र कार्यकारी रहेका राजु खतिवडा नै संस्थामा कार्यकारी भएर पूनः बस्नेगरी सभाले निर्णय गरेको जनाइएको छ। संस्थामा नयाँ संचालक समिति चयन गरिएको भनिएपनि अध्यक्षमात्र फेरिएका छन् ।

संस्थाले असोज ९ गते गरेको २१औँ भर्चुअल वार्षिक साधारण सभाबाट संचालक तथा लेखा समितिको निर्वाचन सम्पन्न गरेको जनाएको छ ।

निर्वाचन प्रकृयाबाट निर्विरोध निर्वाचित भनिएपनि पुरानै संचालकहरु दोहोरिएका हुन् । यस अघि उपाध्यक्ष रहेका अशोक बज्रचार्य अध्यक्ष भएका छन् भने सचिव घनश्याम धमला यस अघिपनि सचिव नै थिए ।

त्यसैगरी कोषाध्यक्ष रामप्रसाद गिरी यस अघिपनि कोषाध्यक्ष नै थिए । यस अघि सदस्य रहेका देवेन्द्रप्रसाद श्रेष्ठ उपाध्यक्ष बनेका छन् ।

त्यसैगरी सदस्य जीवन देवी बज्राचार्य र राजेन्द्र शाक्य यस अघि पनि सदस्यनै थिए भने भोलानाथ ढुङ्गाना नयाँ सदस्य आएका छन् ।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिमा यस अघि सदस्य रहेका शेषराज दाहाल संयोजक बनेका छन् भने रामप्रसाद निरौला यस अघिपनि सदस्यनै थिए ।

लेखामा रुपेश भट्टराई थप भएका छन् । अहिले राजु खतिवडा अध्यक्ष पदबाट मात्र बाहिरिएका छन् । सहकारी ऐन ०७४ ले एक समितिले दुई कार्यकाल तोकेको छ । तर सहकारीमा सिमित ब्यक्तीको पकडमा बर्षैसम्म संस्था संचालित भएको पाइन्छ ।



Leave a comment