सहकारीको सञ्चालक पद नछोड्ने : मन्त्रि लामा

सहकारीको सञ्चालक पद नछोड्ने : मन्त्रि लामा :: Sahakari Akhabar

कञ्चनपुर । राष्ट्रिय सहकारी महासंघका सञ्चालक तारा लामा तामाङ सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री बनेका छन् । उनी राष्ट्रिय सहकारी महासंघका संचालक पनि हुन् । मन्त्री बने पनि उनले सहकारी महासंघबाट राजीनामा दिएका छैनन् । सहकारीकर्मी मन्त्री बनेको भन्दै राष्ट्रिय सहकारी महासंघ तथा सहकारीकर्मीले बधाइ दिइरहेका छन् । 

मन्त्री भइसकेकपछि सहकारीको सञ्चालक बस्नु उपयुक्त मानिदैँन । सहकारी कानुनमा पनि सञ्चालक तथा कार्यकारी पदमा बस्न नपाउने प्रावधान छ । उनले कानुनको खिल्ली उडाउँदै सहकारीको सञ्चालकसँगै मन्त्री बनिरहेका छन् । सहकारी अखबारसँग कुरा गर्दै महासंघका सञ्चालक लामाले सहकारीको सञ्चालक नछोड्ने बताए । ‘सल्लाह गर्नुपर्ला,’ उनले भने,‘ अर्को भूमिकामा भएकाले त्यस्तो केही योजना छैन ।’

कानुनमा राष्ट्रसेवक कर्मचारी तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको जिम्मेवारीमा रहेका व्यक्तिले सहकारी वा उक्त पदमध्ये एक छोड्नुपर्ने प्रावधान छ । सञ्चालक मन्त्री बनेको भन्दै राष्ट्रिय सहकारी महासंघले उनलाई सम्मानसमेत गर्यो ।

लामाले मन्त्रीको जिम्मेवारीमा रहदाँ महासंघको जिम्मेवारी छोड्नुपर्ने हो तर उनले नैतिकता देखाएका छैनन्, सहकारीकर्मीले भने । सांसद लामा यसअघि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का समेत सञ्चालक  थिए ।





Leave a comment