काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा प्रदान गर्दै आएको प्रवल जनसेवाश्री पदक सहकारी क्षेत्रका दुईजनाले प्राप्त गर्ने भएका छन् ।
यो वर्ष सहकारी क्षत्रबाट नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईलाईलाइ प्रवल जनसेवाश्री पदक प्रदान गर्ने घोषणा गरिएको छ।
सरकारले विभिन्न क्षेत्रबाट योगदान गरेका ब्यक्तीहरुलाई हरेक वर्ष उक्त पदक प्रदान गर्ने गरेकोमा सहकारी क्षेत्रबाट दुईजनाले मात्र पाउने भएका हुन् ।
भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले आज ती विभूषण प्रदान गर्ने घोषणा गरेकी हुन् । र्नुभएको हो । राष्ट्रपति भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार, पदक प्रदान गर्ने घोषणा गरेकी छन् ।
राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने हरुलाई प्रदान गरिने सम्मान सहकारी क्षेत्रका अगुवा ढकाल र गुरागाइलाई प्रदान गर्ने घोषणा गरिएको हो ।
Leave a comment