एनएमसीले थप चारवटा नयाँ ब्यवसाय सुरु गर्ने

एनएमसीले थप चारवटा नयाँ ब्यवसाय सुरु गर्ने :: Sahakari Akhabar

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले चारवटा थप नयाँ ब्यवसाय सुरु गर्ने भएको छ । संस्थाले एनएमसी एग्रो सपोर्ट बिजनेस, प्याकेजिङ, चामल मिल र एनएमसी तोरीको तेल मिल संचालनमा ल्याउने भएको हो । 

संस्थाको २९ औं वार्षिक साधारण सभाको कार्यक्रमहरु सार्वजनिक गर्दै आगामी कार्यक्रमहरुका बारेमा जानकारी दिएको छ ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीपप्रसाद उप्रेती र संचालक सदस्य डम्बरबहादुर बस्नेतले संयुक्त रुपमा बार्षिक प्रतिवेदन पुस्तिका सार्वजनिक गर्दै साधारण सभाको मिति समेत घोषणा गरेका थिए ।

आगामी असोज ३ गते देखि ९ गते सम्म क्षेत्र इकाईगत रुपमा हुने साधरण सभाको असोज ९ गते मेचीनगर स्थित संस्थाको एकीकृत नमुना कृषि फार्म परियोजना स्थलमा समापन गर्ने जानकारी गराए ।

०५२ सालमा स्थापना भएको संस्थाले झापामा ४३ वटा सेवा केन्द्र त्यसैगरी मोरङ र इलामा एक एक वटा गरेर ४५ वटा सेवाकेन्द्र कार्यालयहरु संचलन गरेको जनाइएको छ ।

२ सय १४ वटा इकाईमा २ सय भन्दा धेरै कर्मचारीहरु कार्यरत रहेका छन् भने १ लाख ४ हजार ७ सय ८७ जना शेयर सदस्यहरु रहेका छन् ।

संस्थाले एकीकृत नमुना फार्म, एनएमसी सहकारी पसल, चिया व्यवसाय सहकारीको अवधारणा अनुसार संचलनमा ल्याएको बताइएको छ । 

संस्थाको आर्थिक बर्ष २०७७/७८ सम्ममा चुक्ता शेयरपुँजी एक अर्ब ११ करोड ६० लाख ६ हजार २ सय रहेको छ । ८ अर्व ८५ करोड ४२ लाख २३ हजार ४ सय ३ रुपैयाँ निक्षेप मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले आव २०७७/७८ मा कर अघिको नाफा २७ करोड ४० लाख ६९ हजार ५ सय ४८ रुपैयाँ गर्न सफल भएको बताईएको छ ।

आन्तरिक तथा बाह्य लगानी तर्फ बैकिङ व्यवसायमा १ अर्ब, डेरी २० करोड, एकीकृत नमुना कृषि फर्म २५ करोड, सहकारी पसल ३० करोड, चिया प्रशोधन ५ करोड र अन्य वयवसायमा २ करोड लगानी भएको अध्यक्ष उप्रेतीले बताए ।




Leave a comment