सहकारीले ‘प्रतिवेदन पारित गरियो’ लेख्न नपाइने

सहकारीले ‘प्रतिवेदन पारित गरियो’ लेख्न नपाइने :: Sahakari Akhabar

इटहरी । प्रदेश १ को सहकारी कार्यालयले साधारण सभा सम्वन्धि निर्देशन जारी गरेको छ । आज भदौ २४ गते सूचना जारी गर्दै सहकारीको साधारण सभा गर्ने सम्वन्धि ७ बुँदे निर्देशन जारी गरेको हो।

निर्देशनमा प्रकृया नपुगी गरेको सभाको प्रतिवेदन कार्यालयमा दर्ता नगरिने उल्लेख छ । जुनसुकै बिधिबाट साधारण सभा सम्पन्न गरेपनि सदस्यको उपस्थितिको प्रमाणित प्रतिलिपि हुनुपर्ने साथै गणपुरक संख्या पुगेको हुनुपर्ने जनाएको छ । त्यसैगरी निर्णयका साथ एक प्रति सक्कल लेखापरिक्षण सक्कल प्रतिलिपि हुनु पर्ने उल्लेख छ ।

साधारण सभाको प्रत्येक निर्णय बुँदागत रुपमा लेखिएको हुनुपर्ने अध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखासमितिको प्रतिवेदन पारित गरियो भन्नेखालको निर्णय लेख्न नपाइने जनाइएको छ । लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिकलगायतका सम्पूर्ण निर्णयहरु साधारण सभाबाट मात्र पारित गरेको हुनुपर्ने जनाइएको छ । 

के छ निर्देशनमा पुरा पढ्नुहोस्




Leave a comment