हेटौंडा । बागमती प्रदेशले भूमि व्यवस्था, कृषि तथा सहकारीमा नयाँ मन्त्री पाएको छ । चन्द्र लामालाई सहकारी मन्त्रीमा नियुक्त गरिएको छ । बाग्मती प्रदेशले काभ्रेका नेता लामालाई सहकारी मन्त्रीमा नियुक्त गरेको हो ।
बाग्मती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरी ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवगठित मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी डा. अजय क्रान्ति शाक्यलाई दिइएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा रचना खड्का नियुक्त भएकी छन् । सामाजिक विकास मन्त्रीमा विजय सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडेल, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रदीपकुमार कटुवाल क्षेत्रीलाई दिइएको छ ।
मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्मन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली सहकारी राज्मन्त्री नियुक्त भएका छन् । नवनियुक्त ६ मन्त्री र ४ राज्यमन्त्रीले बुधबार सपथ लिएका छन् । अब बाग्मती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ ।
Leave a comment