प्रदेश १ का सहकारीमा सघन अनुगमन :१५ बुँदे कैफियत

प्रदेश १ का सहकारीमा सघन अनुगमन :१५ बुँदे कैफियत :: Sahakari Akhabar

अनुमति नलिई धमाधम सेवा केन्द्र सञ्चालन

इटहरी । प्रदेश १ का सहकारीले अनुमति नलिई धमाधम सेवाकेन्द्र खोलेको पाइएको छ । प्रदेश १ रजिष्ट्रार कार्यालयबाट स्वीकृति नलिई आफूखुसी कार्यक्षेत्र खोल्ने गरेको अनुगमनका क्रममा फेला परेको हो । प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालयले झापा, मोरङ र सुनसरीका सहकारीको सघन अनुगमन गर्दा कार्यालयको स्वीकृति बिना सेवाकेन्द्र खोलेको पाइएको हो । 

सहकारी सुधारका लागि अनुगमनमा प्राथमिकता दिइएको प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षमा पनि सहकारीको सघन अनुगमन गर्ने जनाएको छ ।प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले अनुगमन गर्दा सहकारीमा कैफियत देखिएको भन्दै सुधारका लागि निर्देशन दिएको हो 

कार्यालयले भदौ २३ गते झापा, मोरङ र सुनसरी जिल्लाका सहकारीलाई सूचना जारी गरी १५ प्रकारका कैफियत देखिएकोे उल्लेख गरेको छ । यस्ता कैफियत अन्य जिल्लाका सहकारी संघ संस्थामा पनि हुनसक्ने आँकलन गरेको छ ।

सहकारीले अनुमति नलिइ सेवा केन्द्र संचालन गरेका छन् । आन्तरिक पूँजी परिचालन भन्दा बाह्य ऋण परिचालन बढी गरेको पाइएको छ । साधारणसभा विधिसम्मत नगरेको अनुगमनमा फेला फरेको छ । कतिपय सहकारीले संस्थागत पुँजीको विश्लेषण नगरी साधारणसभाको निर्णय बेगर अचल सम्पत्ति खरिद गर्ने गरेको पाइएको छ ।

संस्थागत पुँजीले भ्याउनेगरी साधारणसभाको निर्णयबाट निर्णय गरी अचल सम्पत्ति खरिद गर्र्न निर्देशन दिएको छ । भाका नाघेको ऋण र पाउनुपर्ने ब्याज बढी भएको अनुगमनमा भेटिएको छ । प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालयले प्रभावकारी कार्ययोजना बनाएर भाखा नाघेको ऋण तथा ब्याज असुल गर्न निर्देशन दिएको हो ।

कतिपय सहकारीले तोकिए भन्दा बढी ब्याज असुल्ने, ब्याज पुँजीकरण गर्ने, फरक फरक ब्याज असुल्ने गरेको पाइएको छ । कार्यसमिति तथा लेखासमितिको निर्वाचन नगराई आफूखुसी म्याद थप्ने गरेको पनि पाइएको छ ।

सञ्चालक समितिको निर्णयबाट निर्णय गरी मनोमानी ढंगले कार्य सञ्चालन गरेकोमा प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालयले प्रश्न उठाएको छ । कतिपय सहकारीले पुँजीगत नाफालाई आम्दानीमा देखाएको भन्दै त्यसो नगरी जगेडा कोषमा राख्न सुझाएको छ । सहकारी ऐन २०७४ अनुसार धेरै सहकारीले मुख्य कारोबार नगरी बचत तथा ऋणको कारोबारमा केन्द्रित भएको पाइएको छ । 

यस्तो छ, प्रदेश १ले अनुगमन पछि जारी गरेको १५ बुँदे निर्देशन 





Leave a comment