हाइलाइट

जिल्ला संगमा उपभोक्ता र बहुउद्देयीय संघ विलय

जिल्ला संगमा उपभोक्ता र बहुउद्देयीय संघ विलय :: Sahakari Akhabar

सिन्धुली । जिल्ला सहकारी संघले दुइवटा संघ विलय गरेको छ । विलय हुने संघहरुमा जिल्ला उपभोक्ता सहकारी संघ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ सिन्धुली छन् । दुई संघलाई जिल्ला सहकारी संघमा गाभिएको हो ।

अब सिन्धुलीमा जिल्ला संघहरुको संख्या ८ बाट घटेर ६ कायम भएको छ । जिल्ला सहकारी संघ सिन्धुलीको २०७८ भदौं ९ गते बुधवार २८ औं स्थापना दिवसका अवसरमा बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम प्रसाद पाण्डेयले एकीकृत प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।

रजिष्टार पाण्डेयले संख्यात्मक रुपमा जिल्ला संघहरु बढ्नुभन्दा गुणात्मक जिल्ला संघ बनाउन सिन्धुली जिल्लाको सहकारी अभियानले खेलेको भुमिका महत्वपूर्ण रहेको बताए ।

जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण राज केसी, वहुउद्धेश्य सहकारी संघका अध्यक्ष खडानन्द तिमल्सिना, उपभोक्ता सहकारी संघका अध्यक्ष नवराज कोइरालाले जिल्लाको सहकारी अभियानकाबारेमा आफ्ना बिचार राखेका थिए ।

जिल्लाका ५११ प्रारम्भिक संस्थाहरु रहेका छन् । जिल्ला सहकारी संघमा १७७ वटा संस्थाहरु आबद्ध गराई ५ लाख १२ हजार सेयर पुँजी, १ करोड ९६ लाख २७ हजार ५ सय बचत छ ।

जिल्ला सहकारी संघले पूर्ण व्यावसायिक कारोबारसहित सुविधा सम्पन्न कार्यालय तथा तालिम हलसहितको कार्यालय २०७८ असोज १ गते उद्घाटन गरेको थियो ।  जिल्ला संघ २०५० सालमा स्थापना भएको थियो । 




Leave a comment