हाइलाइट

मिलिजुली कालिञ्चोक साकोस २९ वर्षमा

मिलिजुली कालिञ्चोक साकोस २९ वर्षमा :: Sahakari Akhabar

दोलखा । भीमेश्वर नगरपालिका– ६ चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था  २९ वर्ष प्रवेश गरेको छ । २०५० साल भाद्र ७ गते संस्था स्थापना भई २०५० साल मंसिर २ गते संस्था दर्ता भएको थियो । संस्थाले आजकै दिनलाई स्थापना एवं कारोबार सञ्चालन दिवसको रुपमा मनाउँदै आएको छ ।

संस्थाले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा १७ जनाको उपस्थिती रहेको थियो । कोरोना माहामारीका कारण जारी निषेधाज्ञाका कारण रक्तदानमा उल्लेख्य सहभागिता हुन नसकेको संस्थाले जनाएको छ ।

त्यस्तै संस्थाले सम्मान तथा पुरस्कार २०७७र०७८ पनि घोषणा गरेको छ । जारी निषेधाज्ञाका कारण आगामी साधारणसभामा सम्मान र पुरस्कार वितरण गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए ।

२६ जनाबाट सुरु भएको यस संस्थामा हाल २२ हजार ८ सय ८ जना सदस्य ९१२०४३ महिला र १०७६५ पुरुष० आवद्ध भएका छन् । त्यस्तै ८ हजार ९ सय ११ जना बाल बचतकर्ता रहेका छन् ।

५६ सय पुँजीबाट सुरु भएको संस्थाको २०७८ असार मसान्तसम्म आईपुग्दा कुल वासलात १ अर्ब २५ करोड पुगेको छ । संस्थाको सेयर पूँजी ९ करोड १९ लाख २ हजार १ सय रहेको छ।

त्यस्तै संस्थाले ८६ करोड ६७ लाख ८८ हजार बचत संकलन गरी ९२ करोड ५७ लाख ७८ हजार ऋण लगानी गर्न सफल भएको छ । संस्थाको कोषमा ९ करोड ९७ लाख ५३ हजार ७ सय ४१ रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए । 

संस्थाले यस अवधिमा नाफा करिब १ करोड ९अडिट हुन बाँकी० आर्जन गर्न सफल भएको छ । दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थाले १ मुख्य कार्यालय र ८ वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रवाह गरिरहेको छ । संस्थाले ४२ जना कर्मचारीबाट सेवा प्रवाह गरिरहेको छ ।

संस्थाले कोभिडको समयमा सदस्यहरुलाई शत प्रतिशत हर्जना छुट र ब्याजमा १० देखि १५ प्रतिशत छुट गरेको थियो । त्यसतै बचतमा १ प्रतिशत थप गरेको संस्थाले जनाएको छ।



Leave a comment