काठमाण्डौं । प्रदेश १ को सहकारी कार्यालयले सूचना प्रकाशित गर्दै सहकारी संघ संस्थाले गर्ने साधारण सभाको मापदण्ड सार्वजनिक गरेको छ ।
कार्यालयले आज (१० गते) सहकारी संघ संस्थाहरुकालागि साधारण सभा संचालन सम्वन्धि सूचना सार्वजनिक गरेको हो । सूचनामा प्रतिनिधीमुलक साधारणसभाबाट निर्वाचन गर्न पनि अनुमति दिएको छ ।
प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस (कोभिड–१९) महामारीले सिर्जना गरेको असहज परिस्थितिका कारण सबै सहकारीलाई प्रतिनिधिमूलक साधारण सभा गर्न दिने सूचना गरेको हो ।
त्यसैगरी साधारण सभाको निर्णयमा अध्यक्षको प्रतिवेदन पारित गरियो भन्ने नलेखि पारित गरिएका सम्पूर्ण बुँदा स्पष्ट लेख्नु पर्ने भनेको छ ।
कार्यालयले ‘सबै सदस्यहरु भेला भई एक ठाउँमा साधारण सभा सम्पन्न गर्ने अवस्था नरहेको तथा साधारण सभा पनि समयमा सम्पन्न गर्नुपर्ने अवस्था रहेकोमा सदस्यको सहभागिता र सर्वोच्चता कायम रहनेगरी तोकिएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर प्रतिनिधिमूलक साधारण सभा गर्न’ स्वीकृति दिएको छ ।
सूचनामा चालु आर्थिक वर्षकै साधारण सभाबाट सञ्चालक समिति, लेख समितिको निर्वाचन गर्नु पर्ने भएमा एकाइ बैठक सुरु हुन अघिनै संचालक समितिको निणर्यबाट निर्वाचन अपसमिति गठन गरी उमेदवारको नामावाली सवै एकाइ बैठकबाट मत संकलन गर्ने र सबै एकाइबाट प्राप्त मतको आधारमा कूल मत संख्या गणना गरी परिणाम घोषणा गर्न सक्ने जनाएको छ ।
सूचनामा १३ वटा बुँदा रहेका छन् । यस अघि कार्यालयले आर्थिक वर्ष ०७६÷७७ को विवरण बुझाउन प्रदेश एकका सहकारीलाई सूचना जारी गरेको थियो ।
कार्यालयले सूचना प्रकाशन गरी लेखा परिक्षण सहितको बार्षिक प्रतिवेदन कार्यालयमै आएर बुझाउन भनेको छ । सूचनामा संस्थाहरुले ढिलोगरी इमेल मार्फत विवरण पठाएकोले बार्षिक प्रतिवेदन पठाउनेको लिष्टमा समावेस भएतापनि प्रतिवेदन प्राप्त हुन बाँकी रहेकोले यथाशिघ्र बुझाउन अनुरोध गरेको छ ।
सहकारी संघ संस्थाहहरुले आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र बार्षिक साधारण सभा गरिसक्नु पर्ने हुन्छ । कोरोना भाइरस संक्रमणका कारण सहकारी कार्यालयले सहकारीको साधारण सभा गर्न प्रतिनिनिधमूलक, एकाइगत तथा भर्चुअल सभा गर्न अनुमति दिएको छ ।
सूचना पढ्नुहाेस
प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, प्रदेश नं १, इटहरी
Leave a comment