सहकारी कानुन : नेताकै सहकारीमा पालना छैन

सहकारी कानुन : नेताकै सहकारीमा पालना छैन :: Sahakari Akhabar

- स्टार बहुउद्देश्यीय सहकारी : २४ वर्षसम्म पनि बचतमा सिमित

- संस्थाले ३२ करोड १३ लाख ऋण लगानी गरेको छ उत्पादन क्षेत्रको लगानी कती भनेर छुट्टयाएको छैन । संस्थाले बचतबाहेक अरु क्षेत्रमा खासै लगानी गरेको छैन ।

विराटनगर । अधिकांश सहकारीहरु बचत तथा ऋणमा मात्र केन्द्रित भइरहेको बेला सहकारीलाई उद्देश्य अनुरुप सञ्चालन गर्न र उत्पादनसँग जोड्न निर्देशन दिंदै आएका नेताको सहकारीनै उद्देश्य विपरित कारोबार गरिरहेका छन् । 

बहुउद्देश्यीय सहकारी भएपनि पूँजी निर्माणको बहानामा वर्षौदेखि बचत तथा ऋणको मात्र कारोबार गरिरहेको पाइएको छ । सार्वजनिक कार्यक्रममा सहकारीको पूँजी उत्पादन क्षेत्रमा लगानी गर्न अर्ती दिने नेतृत्वको सहकारीको लगानी भने उत्पादन क्षेत्रमा शुन्य छ । 

विराटनगरस्थिर स्टार बहुउद्देशीय सहकारीले स्थापनादेखिनै बचत तथा ऋणको मात्र कारोबार गरिरहेको छ । संस्थाको कारोबार ७५ करोड माथि छ । संस्थाले ३२ करोड १३ लाख ऋण लगानी गरेको छ उत्पादन क्षेत्रको लगानी कती भनेर छुट्टयाएको छैन । संस्थाले बचतबाहेक अरु क्षेत्रमा खासै लगानी गरेको छैन ।

संस्थाले हायरपर्चेज, आवास, बैदेशिक रोजगार, ब्यापार, कृषि, पशुपालन, शिक्षा तथा लघुउद्योगलगायतका लगानीका क्षेत्र तोकेपनि कृषि, पशुपालन तथा लघुउद्योगको लगानी लुकाएको छ ।

सहकारीले मसला उद्योग सञ्चालन गरेको भएपनि अहिले बन्द भएसकेको छ । संस्थाले मलखाद बिक्री वितरण गरिरहेको संस्थाका प्रवन्धक पोखरेलले बताए । तर उद्देश्य अनुसारको काम गर्न नसकेको उनी स्वीकार्छन् ।

संस्थाको २८ करोड ६१ लाख बचत तथा ३ करोड ९४ लाख सेयर पूँजी रहेको छ । ३ करोड ७ लाख कोषमा रहेको संस्थाको ५६ लाख ९२ हजार कूल नाफा गरेको देखाएको छ । सरकारले ७० प्रतिशत उद्देश्य अनुरुप कारोबार हुनुपर्ने प्रावधान राखेको छ । तर सहकारीका नेतृत्वतहबाटै कानुन उलंघन हुँदै आएको छ ।

संस्थाका अध्यक्ष राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष हुन् । उनी यस अघि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष थिए । सहकारीका फोरममा सहकारी उत्पादनमा नगइ सुखै नपाउने अभिब्यक्ति दिंदै आएका उनको नेतृत्वमा रहेको संस्थाले भने सतप्रतिशत बचत तथा ऋणको मात्र काम गरिरहेको छ ।

संस्था ०५३/०५४ मा स्थापना भएको हो । अहिले पनि संस्था अध्यक्ष रमेश पोख्रेलको घरमा भाडामा बसेको छ । संस्थामा पोख्रेलका भाई डिल्ली पोखरेल प्रवन्ध संचालक छन् । डिल्ली पोखरेल यसै संस्थाबाट प्रतिनिधित्व गर्दै जिल्ला सहकारी संघ मोरङका अध्यक्ष पनि भएका छन् ।  डिल्ली पोखरेल प्रदेश १ सहकारी संघका अध्यक्ष पनि हुन् ।

संस्थाका अध्यक्ष रमेश पोख्रेल राष्ट्रिय सहकारी बैंकको अध्यक्ष रहँदा बैंकको शाखा कार्यालय पनि उनकै घरमा राखेर भाडा लिएका थिए । बैंकको अध्यक्षबाट बाहिरिएपछि शाखा कार्यालय पनि सरेको छ । उनी अध्यक्ष रहेको स्टार बहुउद्देश्यीय सहकारीले अहिलेसम्म कुनै उद्योग तथा व्यवसायमा परिणाममुखि लगानी गरेको देखिदैन ।

सहकारीले मसला उद्योग सञ्चालन गरेको भएपनि अहिले बन्द भएसकेको छ । संस्थाले मलखाद बिक्री वितरण गरिरहेको संस्थाका प्रवन्धक पोखरेलले बताए । तर उद्देश्य अनुसारको काम गर्न नसकेको उनी स्वीकार्छन् ।

सहकारीको पहिलो काम पूँजी संकलन नै भएको उनको भनाई छ । ‘पुँजी भए त लगानी गर्नु’, उनले भने, ‘पूँजी नै छैन भने के लगानी गर्नु, पूँजी संकलन गर्नेकाम भएकाले अब व्यवसायिकतिर सहकारीहरुले सोच्न थालेका छन् ।’ पूँजी संकलन सहकारीको बहाना मात्र भएको जानकार बताउँछन् ।

एउटा निश्चित समय पूँजी संकलनकालागि हुनसक्छ तर स्थापनाको २४ वर्षसम्मपनि पूँजी संकलन नभएको भन्नु बहाना मात्र भएको उनीहरुको भनाइ छ । बचत गर्ने र ऋण लगानी गरेर व्याज लिने मात्र काम सहकारीले गरिरहेका छन् ।

जिल्ला बहुउद्देश्यीय सहकारी संघसँग उद्योग व्यवसायमा लगानी गर्ने सहकारीको तथ्याङ्क छैन । संघले पनि सहकारीको क्षेत्रमा कुनै काम गर्न सकेको छैन् । नेतृत्व तहमा पुगेका सहकारीकर्मी तथा नीति नियम निर्माण गर्न पहल गर्ने ठाउँमा पुगेका अगुवाहरुले नै सहकारीको उद्देश्य तथा मर्म अनुसार काम गरेका छैनन् ।

मोरङमा १ सय ४३ वटा बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा छन् । थोरै सहकारीले मात्र आफ्नो उद्देश्य र सहकारीको मर्म अनुसार काम गरिरहेको पाइन्छ । केही बहुउद्देश्यीय सहकारीले लघुउद्योग सञ्चालन गरेका छन् ।

केहीले व्यवसायमा लगानी गर्न थालेका छन् । तर सहकारीका नीति नियम सिकाउनेहरुले नै सहकारीको नाम, उद्देश्य र मर्म अनुसार काम गर्न नसकेको गुनासो धेरैको छ । जसले गर्दा  सबै बचत तथा ऋणमा नै सीमित हुन पुगेका हुन् ।

जिल्ला बहुउद्देश्यीय सहकारी संघसँग उद्योग व्यवसायमा लगानी गर्ने सहकारीको तथ्याङ्क छैन । संघले पनि सहकारीको क्षेत्रमा कुनै काम गर्न सकेको छैन् । नेतृत्व तहमा पुगेका सहकारीकर्मी तथा नीति नियम निर्माण गर्न पहल गर्ने ठाउँमा पुगेका अगुवाहरुले नै सहकारीको उद्देश्य तथा मर्म अनुसार काम गरेका छैनन् ।




Leave a comment