विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ पत्रकार पुरस्कृत भएका छन् । आईतबार प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनीहरुलाई नगद र कदर पत्रसहित पुरस्कृत गर्नुभएको हो ।
सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले कारोबार दैनिकका मीनकुमार श्रेष्ठ र बिजमाण्डुका अनन्तराज न्यौपानेलाई ५०–५० हजार राशिको आर्थिक पत्रकार पुरस्कारबाट सम्मानित भएका हुन भने राष्ट्रिय समाचार समितिका प्रदेश १ प्रमुख मोहम्मद सदरुल र न्युज २४ टेलिभिजनकी तारा आर्चायलाई २१–२१ हजार राशिको मेम्बर चन्द्रलाल दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन ।
त्यस्तै रेडियो सिम्रिककी एलिना दियाली र निगरानी टाईम्सकी ाजकुमारी तामाङलाई १०–१० हजार राशिको मिना श्रेष्ठ परिश्रमी महिला पत्रकारीता पुरस्कारबाट सम्मानित भएका हुन ।
वि.सं. २०६९ सालमा मोरङका पत्रकारहरुद्धारा स्थापित सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले भने बार्षिक ५० लाखको कारोबार गर्दै आएको छ । हाल यस संस्थामा १ सय ५ जना सदस्यहरु रहेका छन् ।
Leave a comment