काठमाडौं, १८ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन् ।
विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । उनले अबको दुई वर्ष भित्र दूधमा आत्मनिर्भर बन्ने बताइन् ।
‘अबको दुई वर्षभित्र हामी दुधमा आत्मनिर्भर बन्छौं । प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गछौं’ उनले भनिन् ।
मन्त्री अर्यालले दूग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको समेत बताइन् । दूग्ध क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको भन्दै उनले दुध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको बताइन् ।
कोभिड १९ महामारीले दूग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रीपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन् ।
मन्त्री अर्यालले सरकारले दुध नीती अगाडी बढाएको बताइन् । किसान दाजु भाइले पनि हेक्सा राख्नुपर्छ’, मन्त्री अर्यालले भनिन् ।, ‘व्यवसायबाटै पछि हट्ने सोंच बनाउनु हुदैन । डिडिसीबाट प्रस्ताव गएको छ ।
भुक्तानीसँग सम्बन्धित निर्णय हुन्छ । हामीले दूध नीति अगाडि बढाएका छौं । संस्थानमा पनि नयाँ पदाधिकारी नियुक्ती गरेका छौं । नयाँ कार्यक्रम अगाडि बढाइरहेको अवस्था छ ।’
दुग्ध क्षेत्रमा रहेका समस्या समाधान गरेर अगाडि बढ्ने बताउदै उनले सरकार समस्याप्रति संवेदनशील भएर अगाडि बढ्ने बताइन् ।
डिडिसीले दैनिक एक लाख लिटर दुध संकल गर्नुुपर्ने अवस्था भएपनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक दुध संकलन गर्दै आएको भन्दै उनले बजार खुलेपछि खपत बढाउने गरी काम गर्न निर्देशन दिइन ।
Leave a comment