काठमाडौँ । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकार समाजको ‘सिजेएन हित कोष’ मा १ लाख १ हजार १५१ रुपैयाँ प्रदान गरेको छ ।
संस्थाको १३औँ स्थापना दिवसको अवसरमा मङ्गलवार सहयोग गरेको हो । संस्थाले स्थापना दिवस एवं नयाँ वर्ष २०७८ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा संस्थाका अध्यक्ष भोलानाथ पाठकले उक्त चेक सहकारी पत्रकार समाजका अध्यक्ष खिला नाथ दाहाललाई हस्तान्तरण गरेका हुन् ।
समाजले स्थापना गरेको ‘सिजेएन पुरस्कार तथा हित कोष’ मा उक्त रकम जम्मा हुनेछ । सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई सहयोग पुर्याउने उद्देश्यका साथ स्थापना भएको उक्त कोषमा पाँचताराको तर्फबाट उक्त रकम प्रदान गर्न पाउँदा आफूलाई खुसी लागेको अध्यक्ष पाठकले बताए ।
सहकारी अभियानको प्रवर्द्धनका निम्ति निरन्तर कलम चलाउने पत्रकारहरूसँग जोडिएर संस्थाले आगामी दिनमा पनि सहकार्य गर्दै जाने उनले बताए । सिजेएनका अध्यक्ष खिला नाथ दाहालले सदस्यहरूको वृत्ति विकास र हक हित कालागि समाजले काम गर्दै आएको बताए ।
कोषले पत्रकारिता पुरस्कार लगायत भविष्यमा आइपर्न सक्ने दुर्घटना वा भैपरीको अवस्थामा सदस्यहरूलाई सहयोग गर्ने उद्देश्यले सिजेएन हित कोष निर्माण गरिएको उनले जनाए । कोषमा सहयोग गरेकोमा पाँचतारा साकोस परिवारलाई अध्यक्ष दाहालले धन्यवाद दिँदै सहकारीले सिजेएनको सहकार्यले सहकारी क्षेत्रमा जागरण आउने बताए ।
Leave a comment