‘अवैधानिक’ सङ्घलाई नियमकको साथ 

‘अवैधानिक’ सङ्घलाई नियमकको साथ  :: Sahakari Akhabar

केन्द्रीय सङ्घको गतिविधि नभए पनि सहकारीको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासङ्घलगायत प्रारम्भिक उपभोक्ता सहकारीहरूसमेत मौन छन् । स्थापनाकालदेखि नै सङ्घले सहकारीको क्षमता विकासका लागि कुनै पनि काम गर्न सकेको छैन । उपभोक्ता सहकारीको हितका लागि समेत उल्लेख्य काम गर्न नसकिएको अध्यक्ष पौडेल स्विकार्छन् । जसले गर्दा उपभोक्ता केन्द्रीय सङ्घ सङ्कटमा परेको छ ।

काठमाडौँ । उपभोक्ता केन्द्रीय सहकारी सङ्घ ‘अवैधानिक’ बनेको छ । समयमा साधारण सभा नगर्दा सङ्घ निष्क्रिय बन्न पुगेको छ ।

पछिल्ला केही वर्षयता कार्यसमितिको बैठकसमेत बस्न सकेको छैन । २०७० सालमा दीपकप्रसाद पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।  त्यसयता सङ्घले खासै आफ्ना गतिविधि सञ्चालन गर्न सकेको छैन ।

चार वर्षयता सञ्चालक समितिको बैठक समेत नबसेको पदाधिकारीहरू स्वीकार गर्छन् । राष्ट्रिय सहकारी महासङ्घमा प्रतिनिधि भएर जाने बाहेक केन्द्रीय सङ्घले पछिल्ला आधा दशकयता कुनै गतिविधि सञ्चालन गर्न सकेको छैन ।

त्यस्तै केही कार्यक्रममा बोलाए अध्यक्ष उपस्थित हुने गरे पनि उपभोक्ता सहकारीको हितका लागि सङ्घले खासै काम गर्न नसकेको सङ्घका पदाधिकारी बताउँछन् ।

सङ्घको आयस्रोत नहुँदा कार्यालय र कर्मचारी समेत छैनन् । गत वर्षसम्म एक जना कर्मचारी भए पनि तलब खुवाउन नसकेपछि सङ्घले गत फागुनमै कर्मचारीलाई बिदाइ गरिसकेको छ ।

सङ्घका अध्यक्ष पौडेलले ३/४ वर्षदेखि साधारण सभा बसाउन नसकिएको स्वीकार गरे । ‘अब सूचना जारी गरी आउँदो वैशाखभित्रै साधारण सभा गर्ने सोचमा छु’ अध्यक्ष पौडेलले भने ।

सङ्घले प्रारम्भिक सहकारीको क्षमता  अभिवृद्धि लगायत उपभोक्ता सहकारीको बहस, पैरवी गर्न नसकिएको अध्यक्ष पौडेल बताउँछन् । टिम नमिलेकाले काम गर्न नसकेको अध्यक्ष पौडेल बताउँछन् ।

सङ्घका अन्य पदाधिकारीले भने सङ्घको स्वामित्व समेत लिन चाहँदैनन् । उपाध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेल, महासचिव सीताराम काफ्ले, कोषाध्यक्ष टेकप्रसाद चौलागाईले सङ्घको पदाधिकारी भन्न समेत रुचाउँदैनन् ।

महासचिव काफ्ले सहकारीलाई गाँस, बास, कपाससँग जोड्न चाहे पनि उपभोक्ता सङ्घलाई सक्रिय बनाउन नसकिएको स्विकार्छन् । उनी सङ्घका विषयमा थप बोल्न रुचाउँदैनन् । त्यस्तै उपाध्यक्ष पौडेलको पनि उपभोक्ता केन्द्रीय सङ्घको भन्दा नयाँ बन्दै गरेको नेपाल सहकारी बैङ्कप्रति मात्रै चासो छ ।

सहकारी विभागको २०७४ को तथ्याङ्क अनुसार १ हजार ४ सय २३ वटा उपभोक्ता सहकारी छन् । त्यसयता विभागले विषयगत सहकारीको तथ्याङ्क प्रकाशन गर्न सकेको छैन ।

लगातार दुई वर्षसम्म सहकारीले साधारण सभा नगरे निष्क्रिय सूचीमा राखी दर्ता समेत खारेज गर्ने प्रावधान भए पनि विभागले उपभोक्ता केन्द्रीय सङ्घको साधारण सभा बसाउने तथा निष्क्रिय गर्नेतर्फ कुनै ‘एक्सन’ लिएको छैन ।

साधारण सभा नगरी अहिलेकै परिस्थितिलाई लम्बाएर राख्न नचाहेको उनले बताए । ‘साधारण सभा नहुनुमा कोभिडलगायत धेरै कारण छन्’ उनले भने । अन्य पदाधिकारीले सङ्घको स्वामित्व लिन नचाहेको जिज्ञासा राख्दै अध्यक्ष पौडेलले भने,‘सङ्घको पदाधिकारी भन्न लाज लाग्ने भए साधारण सभा गराएर छोडे भइहाल्यो नि, साधारण सभा नगर्दासम्म त उनीहरूकै नाम देखिन्छ नि ।’ केन्द्रीय सङ्घको साधारण सभा नभएको वर्षै बितिसक्दा पनि नियामक निकाय सहकारी विभाग मौन छ । साधारण सभा गराउनका लागि उसले कुनै भूमिका खेलेको छैन ।

अध्यक्ष पौडेलले त्यसमध्ये १ सय ७२ वटा मात्रै सङ्घमा आबद्ध छन् । १ सय ४५ वटा संस्थाले मात्रै उपभोक्ताका काम गरेका छन् । अन्य अधिकांश सहकारी निष्क्रिय छन् ।

कतिपय सहकारी कृषि, तथा बहुउद्देश्यीयमा रूपान्तरण भइसकेको बताए । केही सहकारीले उदाहरणीय रूपमा डिपार्टमेन्ट स्टोर, मार्ट, उपभोक्ता पसल चलाइरहेका छन् ।

सरकारी असहयोगका कारण पनि उपभोक्ता केन्द्रीय सङ्घको गतिविधि अघि बढाउन नसकिएको उनको गुनासो छ । त्यसो त सङ्घ स्थापना भएको ३ दशक भइसकेको छ ।

तर क्षमता अभिवृद्धि गर्ने, उपभोक्ता सहकारीको हितका लागि प्रवर्द्धन गर्ने, बहस पैरवी गर्ने काम हुन नसकेको उपभोक्ता सहकारीकर्मीको गुनासो छ ।

सङ्घमा पौडेलसहित तीन जना नेतृत्वमा पुगेका छन् । संघका गतिविधि ठप्प हुँदा राष्ट्रिय सहकारी महासङ्घमा प्रतिनिधि भएर चुनावमा भोट हाल्ने बाहेक केन्द्रीय उपभोक्ता सहकारी सङ्घको कुनै औचित्य देखिएको छैन ।

पछिल्लो समयमा केन्द्रीय सङ्घहरू मर्जरको विषय उठिरहेको छ । कृषिका दुई वटा केन्द्रीय सङ्घहरू पनि मर्ज भइसकेका छन् । अध्यक्ष पौडेलले मर्ज गरेर सङ्घ विलय गर्नुभन्दा साधारण सभा गराएर नयाँ नेतृत्व दिएर गतिविधि अघि बढाउन चाहन्छन् ।

मिले अझै एक कार्यकाल बस्ने उनको इच्छा छ । भिजनसहित नयाँ पुस्ता आए छोड्न समेत तयार भएको उनले सुनाए । तर झोले कार्यकर्ता आए नेतृत्व नछोड्ने उनले अडान लिए ।

साधारण सभा नगरी अहिलेकै परिस्थितिलाई लम्बाएर राख्न नचाहेको उनले बताए । ‘साधारण सभा नहुनुमा कोभिडलगायत धेरै कारण छन्’ उनले भने ।

अन्य पदाधिकारीले सङ्घको स्वामित्व लिन नचाहेको जिज्ञासा राख्दै अध्यक्ष पौडेलले भने,‘सङ्घको पदाधिकारी भन्न लाज लाग्ने भए साधारण सभा गराएर छोडे भइहाल्यो नि, साधारण सभा नगर्दासम्म त उनीहरूकै नाम देखिन्छ नि ।’

केन्द्रीय सङ्घको साधारण सभा नभएको वर्षै बितिसक्दा पनि नियामक निकाय सहकारी विभाग मौन छ । साधारण सभा गराउनका लागि उसले कुनै भूमिका खेलेको छैन ।

त्यस्तै केन्द्रीय सङ्घको गतिविधि नभए पनि सहकारीको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासङ्घलगायत प्रारम्भिक उपभोक्ता सहकारीहरूसमेत मौन छन् । स्थापनाकालदेखि नै सङ्घले सहकारीको क्षमता विकासका लागि कुनै पनि काम गर्न सकेको छैन ।

उपभोक्ता सहकारीको हितका लागि समेत उल्लेख्य काम गर्न नसकिएको अध्यक्ष पौडेल स्विकार्छन् । जसले गर्दा उपभोक्ता केन्द्रीय सङ्घ सङ्कटमा परेको छ ।

पछिल्लो समयमा राष्ट्रिय सहकारी महासङ्घको नेतृत्वमा सातै प्रदेशमा उपभोक्ता सहकारी विशिष्टीकृत सङ्घ स्थापना गर्ने तयारी सुरु भएको छ । त्यसमा उपभोक्ता सङ्घले कुनै पहल थालेको छैन । अध्यक्ष पौडेल विशिष्टीकृत सङ्घको औचित्य नभएको बताउँछ ।



Leave a comment