काठमाडौँ । जिल्ला सहकारी सङ्घ काठमाडौँले ६४ औँ राष्ट्रिय सहकारी दिवसका कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घले ११ दिवसीय कार्यक्रम सार्वजनिक गर्दै जिल्लाका सहकारी सङ्घ संस्था तथा सदस्यलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।
सङ्घले चैत्र १७ गते देखि २८ गतेसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउने जनाएको छ । चैत्र १७ गते गौरीशङ्कर सभा कक्ष दक्षिण कालिमा बिहान १० बजे अन्तर्क्रिया गर्ने, ग्रिनल्याण्ड ब्याङकेट थानकोटमा ११ बजे ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ सम्बन्धी गोष्ठी तथा शिखर पार्टी प्यालेस नागार्जुन नगरपालिकामा १ बजे ‘स्थानीय सरकार र सहकारी बिचको सम्बन्ध’ विषयक गोष्ठी हुने भएको छ ।
त्यसै गरी चैत्र १८ गते मतातिर्थ वृद्धाश्रममा साढे ४ बजे भोजन तथा फलफूल वितरण, कागेश्वरी मनोहरा नगरपालिका विषेश स्कुल तथा पूनर्स्थापना केन्द्रमा बिहान ११ बजे अटिजम तथा सुस्त मनस्थितिका बालबालिकालाई शैक्षिक सामाग्री वितरण, कीर्तिपुर बहुउद्देश्यीय सहकारीको भवनमा दिउसो ३ बजे ‘सामाजिक र आर्थिक विकासमा सहकारीको भूमिका’ विषयक गोष्ठी, कान्तिपुरी एबि पार्टी प्यालेस नेपालटारमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम हुने जनाइएको छ ।
चैत्र १९ गते गोकर्णेश्वर नगरपालिका उत्तर बाहिनी गुरुकुल संस्कृत विद्यालयमा बिहान ९ बजे ६५ जनालाई खाद्यान्न वितरण गरिने जनाइएको छ । त्यसै गरी चैत्र २० गते सद्भाव बैंङ्केट टोखामा बिहान साढे ८ बजे शुभकामना आदान प्रदान तथा चियापान, बिहान ७ बजे बुढानीलकण्ठ मन्दिर परिसर सरसफाइ, क्राउन बैंङ्केट मिन भवनमा दिउँसो १ बजे ‘रूपान्तरणकारी नेतृत्व’ कार्यक्रम हुने जिल्ला सहकारी सङ्घ काठमाडौँका अध्यक्ष ज्ञानबहादुर तामाङले जनाए ।
उनले चैत्र २० गते विशालबजार बैंङकेटमा दिउँसो १ बजे ‘सहकारीमा समस्या र चुनौती’ विषयक अन्तर्क्रिया हुने र चैत्र २८ गते बिहान १० बजे दशरथ रङ्गशालामा कोभिड कप मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने जनाए । सङ्घको संयोजनमा हुने कार्यक्रमहरू चैत्र १७ गतेदेखि २८ गतेसम्म गरिने अध्यक्ष तामाङले जनाएका छन् ।
नेपालमा सहकारी अभियानको सुरुवात भएको दिनको सम्झना गर्दै सहकारी दिवस मनाउने गरिएको हो । २०१३ साल चैत्र २० गते चितवनमा पहिलो सहकारी बखान सहकारीको स्थापनालाई अधार मानेर दिवस मनाउने गरिएको छ । नेपालले यो वर्ष ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारा तय गरेको छ । उक्त दिन देशभर सहकारी दिवस मनाइन्छ । देशभर २९ हजार ८ सय ८६ संस्था रहेका छन् ।
Leave a comment