सहकारी मार्फत चक्लाबन्दी खेती, कृषकको आकर्षण बढ्दै

सहकारी मार्फत चक्लाबन्दी खेती, कृषकको आकर्षण बढ्दै :: Sahakari Akhabar

चाक्लाबन्दी खेतीले ओगटेको क्षेत्रमा उत्पादन हुने बस्तुको प्रसोधनका उद्योग स्थापना गर्ने संस्थाले योजना बनाएको छ । ३० हेक्टर जमिनको लेबलिङ्ग गर्न थालिएको छ । संस्थाले ड्रम सिडर, धान रोप्ने मेसिन, डिक्स हेरो(हलो) खरिद गर्ने क्रममा रहेको प्रबन्धक भण्डारीले बताए । चक्लाबन्दीबाट गुणस्तरिय बीउ उत्पादनका लागी सहजता, कृषि पर्यटनको विकास, व्यावसायिक पशुपालन, माटोको गुणस्तर सुधार तथा स्वास्थ्य खाद्यबस्तुको उत्पादनमा सघाउ पुगेको छ । 

झापा । झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले गौरादह नगरपालिकाको वडा नम्बर ४ र ७ पाटागाढामा गरेको चक्लाबन्दी खेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । २०७० सालदेखि सुरु भएको  चक्लाबन्दी खेतीमा कृषकको आकर्षण बढ्दै गएको छ ।

संस्थाका प्रबन्धक चिरञ्जीवी भण्डारीका अनुसार ६४ जना कृषकको ८५ विगाह जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको थियो । हाल ७७ जना कृषक खेतीमा आबद्व भएका छन् । संस्थाले धान, मकै, गहुँलगायत मौसम अनुसारको खेती हुने गरेको छ । संस्थाले आगामी वर्षमा त्यस वरपरका जग्गामा समेटेर छिट्टै १ सय २५ बिगाह जग्गामा चक्लाबन्दी खेती गर्ने योजना बनाएको छ । परियोजना सञ्चालन गर्नका लागि उक्त जग्गामा १० वटा स्यालोट्यूवेल जडान गरिएको छ । धान काट्ने मेसिन रिपर खरिद गरी संस्थाले चक्लाबन्दी खेती गर्दै आएको छ ।

पछिल्लो समयमा खेती गर्न सक्ने युवा शक्ति विदेशिएका छन् । जमिन पनि बाँझो हुन थालेको छ । कृषिमा प्रशस्त संभावना भएपनि आकर्षण हुन नसक्दा कृषक पलायन भइरहेका बेला संस्थाका प्रबन्धक भण्डारीले कृषिमा कृषकको आकर्षण बढाउन चक्लाबन्दी खेती सुरु गरिएको बताए  । कृषिमा यान्त्रीकरण र व्यवसायीकरण भएसँगै हरेक वर्ष उत्पादन बढ्न थालेको छ । चक्लाबन्दी प्रणालीबाट ठूलो परिमाणमा एकै प्रकृतिको व्यवसायिक उत्पादन गर्न सकिन्छ ।

मल, बीउ, ज्याला, कृषि औजार, रोग, किरा, प्राविधिक सेवा महंगो हुँदा कृषकको उत्पादन लागत बढ्न गई घाटा खाइरहेका छन् । तर यसरी चक्लाबन्दी गर्दा उत्पादनमा वृद्वि हुनुका साथै कृषक उत्साहित भइरहेको चक्लाबन्दी खेती समितिका व्यवस्थापक अर्जुन खतिवडाले बताए ।

उनका अनुसार सिजनमा २ सय कामदारले खेतीमा काम गर्छन् । जग्गा धनी तथा उसका परिवारलाई काममा पहिलो प्राथमिकता दिइन्छ ।  चक्लाबन्दीमा ८ जना नियमित र मौसम अनुसार डेढ सयदेखि दुई सयसम्म कामदारले काम गर्ने गरेको खतिवडाले बताए । 
फाइदा भएमा ४० प्रतिशत उत्पादनको हिस्सा जग्गाधनीलाई नै जान्छ । संस्थाले धान, मकै, गहुँको हाइब्रिड बिउ उत्पादन गर्छ । उत्पादनमा कृषकको पूर्ण जिम्मेवारी हुन्छ । उत्पादित बिउ झापालगायत विविध स्थानमा बिक्री हुन्छ । कृषकले जग्गा सेयरमा विगाहको वार्षिक ३४ मन प्राप्त गर्छन् । हरेक वर्ष थप्दै जाने सहमती भएको छ ।

ज्यालादारी श्रमिकले प्रतिघण्टाको ५५ रुपैयाँदेखि ७५ रुपैयाँ पाउँछन् । संस्थाले लगानी अनुसारको पुँजीगत सेयरको हिस्सा पाउँछ । उत्पादनमा कृषकलाई नै आकर्षित गर्न संस्थाले हस्तक्षेप नगरेको कार्यकारी प्रमुख भण्डारी बताउँछन् । उत्पादनका साधन मध्ये श्रम र जमिन बाहेकका साधनको व्यवस्थापन संस्थाले गर्छ । गोदाम, बजार, सिंचाई, कृषि सडक, कृषि औजार, प्राविधिक जनशक्ती लगायतयका पूर्वाधारको व्यवस्थापनमा संस्थाले सहजिकरण गर्छ । संस्थाले थप १ सय बिगाहामा सहकारी खेती पनि सञ्चालन गरेको छ

चाक्लाबन्दी खेतीले ओगटेको क्षेत्रमा उत्पादन हुने बस्तुको प्रसोधनका उद्योग स्थापना गर्ने संस्थाले योजना बनाएको छ । ३० हेक्टर जमिनको लेबलिङ्ग गर्न थालिएको छ । संस्थाले ड्रम सिडर, धान रोप्ने मेसिन, डिक्स हेरो(हलो) खरिद गर्ने क्रममा रहेको प्रबन्धक भण्डारीले बताए । चक्लाबन्दीबाट गुणस्तरिय बीउ उत्पादनका लागी सहजता, कृषि पर्यटनको विकास, व्यावसायिक पशुपालन, माटोको गुणस्तर सुधार तथा स्वास्थ्य खाद्यबस्तुको उत्पादनमा सघाउ पुगेको छ । 



Leave a comment