हाइलाइट

बाग्मती प्रदेशका सहकारी मार्फत २ खर्ब ऋण परिचालन

बाग्मती प्रदेशका सहकारी मार्फत २ खर्ब ऋण परिचालन :: Sahakari Akhabar

काठमाण्डौं । बाग्मती प्रदेशका सहकारी मार्फत २ खर्ब ऋण लगानी भएको छ । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार बाग्मती प्रदेशका सहकारी मार्फत  १ खर्ब ९९ अर्ब ८६ करोड ऋण लगानी भएको देखिएको छ ।

बाग्मती प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी ५१ अर्ब ४० करोड ६४ लाख २७ हजार ७ सय २४ रुपयाँ रहेको छ भने २ खर्ब १४ अर्ब ६६ करोड २२ लाख ५ हजार ८ सय ६० रुपयाँ बचत सकलन भएको देखिएको छ । त्यसैगरी १ खर्ब ९९ अर्ब ८६ करोड ४७ लाख २४ हजार ४ सय ३४ रुपयाँ ऋण लगानी रहेको छ ।

सहकारी मार्फत ३३ हजार ८ सय ९२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कुल सहकरी सङ्ख्या १० हजार ४ सय १८ रहेको छ । यो सबैभन्दा बढी सहकारी संघसंस्था भएको प्रदेश हो ।  यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या २७ लाख १७ हजार ४ सय ६९ रहेका छन्  । १४ लाख ५७ हजार २ सय २ महिला र १२ लाख ६० हजार २ सय ६७ जना पुरुष सदस्य रहेका छन् । यो तथ्याङ्क सहकारी विभागले संकलन गरेर अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ ।



Leave a comment