हाइलाइट

गण्डकी प्रदेशमा सहकारीमा महिला सदस्य उल्लेख्य

गण्डकी प्रदेशमा सहकारीमा महिला सदस्य उल्लेख्य :: Sahakari Akhabar

काठमाडौं । गण्डकी प्रदेशमा सहकारीको सदस्यमा महिला सदस्यको संख्या बढी देखिएको छ । संघिय सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा पुरुष सदस्यभन्दा महिला सदस्य संख्या बढी रहेको छ ।

यस प्रदेशमा ११ लाख १६ हजार ६ सय ३२ जम्मा सदस्य रहेका छन् । जसमा महिला ६ लाख ४२ हजार १ सय ३० र पुरुष ४ लाख ७४ हजार ५ सय २ जना रहेका छन् ।

यस प्रदेशमा २ हजार ६ सय ७१ सहकारी संघ संस्था रहेका छन् भने २२ अर्ब ५ करोड ९ लाख ६७ हजार २ सय ४६ रुपँया शेयर पूँजी, ८६ अर्ब ७ करोड ४५ लाख ७१ हजार ६ सय ९२ रुपँया बचत र ८८ अर्ब ३७ करोड ८० लाख ६१ हजार ४ सय ३३ रुपँया कुल ऋण लगानी रहेको छ ।

यस प्रदेशमा सहकारी मार्फत ७ हजार ६ सय ३८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । विभागले सार्वजनिक गरेको तथ्याङ्कको रिपोर्ट अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ ।



Leave a comment