काठमाडौं । सहकारी विभागले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार सुदुरपश्चिम प्रदेशमा सहकारीमा पुरुषभन्दा महिला सभागीता बढी रहेको छ ।
२ हजार ६० सहकारी संघ संस्था रहेको प्रदेहमा ५ लाख ४२ हजार ९ सय ८९ सदस्य रहेका छन् । महिला सदस्य ३ लाख १९ हजार १सय जना र पुरुष सदस्य २ लाख २३ हजार ८ सय ८९ जना रहेका छन् । शेयर पूँजी २ अर्ब १ करोड ५० लाख ८७ हजार ७ सय ९७ रुपयाँ र बचत १० अर्ब ४४ करोड ३४ लाख ९६ हजार ९ सय ४१ रुपयाँ रहेको तथ्याङ्कले देखाएको छ ।
त्यसैगरी कुल ऋण लगानी ११ अर्ब ४९ करोड ९५ लाख ८५ हजार ३ सय ३१ रुपयाँ रहेको छ भने सहकारी मार्फत २ हजार ८ सय १५ जनाले प्रत्यक्ष रोजगारी पाएको संघिय सहकारी विभागको तथ्याङ्कमा उल्लेख छ । सहकारी विभागले प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ ।
Leave a comment