हाइलाइट

विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठन हुने

विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठन हुने :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेशमा विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठन हुने भएको छ । राष्ट्रिय सहकारी महासंघले संघ गठनकोलागि तयारी समिति गठन गरेकोे छ । महासंघका संचालक डिबी वस्नेतको संयोजकत्वमा तयारी समिति गठन गरिएको हो । समितिले संघ गठनका लागि आवश्यक कार्य गर्न जिम्मेवारी दिइएको छ ।

तयारी समितिको सदस्यमा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल, काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) का सचिव शालिकराम पुडासैनी, संकटा उपभोक्ता सहकारी सस्थाका संचालक विन्देश्वर श्रेष्ठ, हिलटप बहुउद्देश्यीय सहकारीका प्रवन्धक सुमनविक्रम थापा, मनिप्लान्ट साकोसका प्रवन्धक ओमबहादुर बस्नेत रहेका छन । त्यसैगरी किर्तिपुर उपभोक्ता सहकारी संस्थाका संचालक लक्ष्मिकुमार महर्जन, जेष्ठ आइडियोलोजी साकोसका प्रवन्ध संचालक हेमबहादुर कार्की, चाइना ट्रेड बहुउद्देश्यीय सहकारीका प्रवन्धक राजेन्द्र कुमार श्रेष्ठ, शुभलाभ वहुउद्देश्यीय सहकारी संस्था ललितपुरका संचालक आङदावा शेर्पा, सर्वसुलभ उपभोक्ता सहकारी संस्थाका संचालक कृष्णगोविन्द्र लाखाजु, सपना बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक रामचन्द्र अर्याल, बालकुमारी साकोसका संचालक पंचकृष्ण श्रेष्ठ रहेका छन् सदस्यमा चयन भएका छन् ।

महासंघका अध्यक्ष मिनराज कडेलले महासंघले ७ वटै प्रदेशमा  सम्भावित अध्ययन गरेको र सबैभन्दा बढी सम्भावना रहेको प्रदेशका रुपमा वागमती रहेको बताए । अन्तक्रिया कार्यक्रममा संघको उद्देश्यमाथि प्रकाश पार्दै महासंघका संचालक तथा बागमती प्रदेश संयोजक डिवी बस्नेतले सहकारीको उत्पादित बस्तु र उपभोक्ता सहकारीलाई मध्यनजर गरेर होलसेल मार्केटिङका लागि संघको आवश्यकता रहेको बताए । कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले वागमती प्रदेशमा  विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठन हुने सम्भावना र आवश्यकतामाथि कार्यपत्र प्रस्तुत गरेकी थिइन । 



Leave a comment