काठमाडौं । बाँकेको एभरेष्ट कृषि सहकारी संस्थाले धान प्रशोधन उद्योग संचालन गरेको छ । सहकारी विभागको सहयोगमा राइस मिल संचालन गरेको धान प्रशोधन उद्योगको कूल लागत ५ करोड २२ लाख रहेको छ ।
कूल लागत मध्ये २ करोड २२ लाखको जग्गा, भवन र मेशिन खरिद भएको र ३ करोड संचालन पूजी रहेको वताइएको छ । सहकारीको उत्पादन सस्तो र गुणस्तरीय भएको संस्थाका देववहादुर केसीले बताए । वित्तीय सेवाका साथै सुपथ मूल्य पसल र रासायनिक मल वीउ विक्री वितरण गर्दै आएको संस्थाले जनाएको छ ।
संस्थाको राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, लुम्विनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी र महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाड सुव्वाले अबलोकन गरेका थिए । महासंघका वरिष्ठ उपाध्यक्ष मल्लले सहकारीहरू उत्पादन, प्रशोधन, वजारीकरण र वितरणमा जानु पर्ने बताइन् । संस्थाका अध्यक्ष देव वहादुर के.सीले एभरेष्ट कोप नाममा विभिन्न प्रकारका चामलहरू उत्पादन गरी विक्रीवितरण गरिरहेको जानकारी दिए ।
Leave a comment