हाइलाइट

सहकारी व्यवस्थित गर्न महासंघ र विभागको नै मुख्य भूमिका हुन्छः केबी उप्रेती

सहकारी व्यवस्थित गर्न महासंघ र विभागको नै मुख्य भूमिका हुन्छः केबी उप्रेती :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी व्यवस्थित गर्न महासंघ र सहकारी विभागको नै मुख्य भूमिका हुने उनले बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाजले शुक्रबार काठमाडौमा आयोजना गरेको ‘सहकारीमा गुणस्तर मापन’ सम्बन्धी अन्र्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले बैंकमा आबद्ध १३ हजार सहकारीमध्ये आधाभन्दा बढी बचत सहकारी रहेको बताए । सहकारी सुशासनमा नगएर नै समस्या आएको उनको भनाई थियो ।

महासंघ र विभागको अगुवाईमै नबाझिने गरी ऐन, नियमावली, गाइडलाइन बनाएर सहकारीको नियमन गर्न आवश्यक भएको उनको भनाइ छ । उनले ऋण दिने क्रममा सहकारीमा धेरै समस्या देखिएकाले सुशासनमा ल्याउन आवश्यक भएको उनले बताए । बिनाधितो ऋण दिँदा जोखिम धेरै हुने भएकाले गुणस्तर मापन गरेर गुणस्तरयुक्त सहकारीलाई बिना धितो पनि ऋण दिन सक्नेगरी बैंकले ब्रान्डिङ गर्न खोजेको उनको भनाई छ ।

स्तरीकरण विभाग नै गठन गरेर खराब कर्जा हटाउन ब्राण्डिङ गर्न खोजिएको उनको भनाइ छ । सहकारी स्वनियमनमा जान ब्राण्डले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । ‘सहकारीमा सुशासन ल्याउन गुणस्तर मापन नै मुख्य माध्यम हो’ उनले भने, ‘यसले सहकारी स्वनियमनमा चल्ने र पारदर्शी हुन सघाउ पुग्ने छ ।’ 



Leave a comment