काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीको ब्राण्ड सधैंभरीलाई नभएर एक वर्षकोलागि भएको बताएका छन् । उनले ब्राण्ड हरेक वर्षकालागि हुनेगरी काम गर्न पनि सुझाएका छन् ।
नेपाल सहकारी पत्रकार समाजले काठमाडौमा आयोजना गरेको ‘सहकारीमा गुणस्तर मापन’ सम्बन्धी अन्र्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कंडेलले गुणस्तर आवश्यक भएको पनि बताएका छन् । ‘सामान्यतया सहकारीको ब्रान्ड एक वर्षको लागि हुने हो’ उनले भने, एक वर्षभित्र तुरुन्तै नबिग्रने उनले बताए । एकचोटी ब्रान्डिङ भएपछि पछि व्यवस्थापन कमजोर हुँदा समस्या आउन सक्ने उनको भनाई थियो ।
उनले बित्तीय कारोबार, संस्थागत सुशासनमा स्तरीकरणले महत्वपूर्ण टेवा पुग्ने बताए । ‘सदस्य सचेत हुने हो भने स्वमियन प्रभावकारी हुन्छ’ उनले भने । सम्बन्धीत संघ र नियमन निकायले नियमन गर्नु अपरिहार्य भएको उनको भनाइ छ । संस्थामा खराखी नआओस् भनेर गुणस्तर मापन गरिन्छ’ उनले भने, ‘अहिले बचत सहकारीमा मात्रै भएपनि भोलि अन्य प्रकृतिका सहकारीमा पनि गुणस्तर मापन गर्नुपर्छ ।’ अन्तराष्ट्रिय सहकारी गुणस्तर मापदण्डमा चल्ने सहकारीमा कुनै समस्या नहुने उनले बताए ।
महासंघले पनि गुणस्तरलाई उच्च प्राथमिकतामा दिएको उनको भनाइ छ । महासंघले सहकारी स्तरीकरणका लागि कार्यविधि बनाउन थालिएको उनले बताए । ‘महासंघले विज्ञ समूह बनाएर गुणस्तरमा सघाउ पुर्याउनेगरी महासंघ अघि बढ्दै छ’ उनले भने । गुणस्तरमा जान दुईमत नभएको र धेरै तहमा नियमन निकाय भएकाले संयुक्तरुपमा अनुगमन गर्न आवश्यक भएको उनले भने ।
कमजोरी गर्ने सहकारीलाई नियमक निकायले कारवाही गर्न सक्ने बताए । ‘एउटा संस्थाले खराब गर्दा सिंगो अभियान नै बदनाम हुने भएकाले संयुक्तरुपमा अनुगमन गरी सहकारीमा गुणस्तर कायम गर्नुपर्छ’ उनले भने, ‘सबै सहकारीमा गुुणस्तर छ भन्नेमा हामी पनि विश्वस्त छैनौं’ । निति, विधिले सहकारी चल्ने भएकाले ब्राण्डलाई सामान्य ढंगले हेर्न नहुने उनको भनाइ छ । ‘ती संस्थाले सेवाशुल्कका नाममा एक पैसा पनि लिएका छैनन्’ उनले भने ।
अनुगमन गरेका सहकारी पनि सबै राम्रा नभएको उनले भनाइ छ । ‘ओरेण्टल सहकारी समस्यामा पर्नु अघि विभागले नियमन गरेर राम्रो रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो’ उनले भने ।
Leave a comment