हाइलाइट

सहकारी महासंघले हरेक वर्ष पुस २७ गते साधारण सभा गर्ने 

सहकारी महासंघले हरेक वर्ष पुस २७ गते साधारण सभा गर्ने  :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी महासंघको २८ औं बार्षिक साधारण सभा पुस २७ गते गर्ने निधो भएको छ । भौतिक तथा भर्चुअल दुबैविधिबाट साधारण सभा सम्पन्न गर्ने महासंघको बिहिबार बसेको १९३ औं बोर्ड बैठकले  निधो गरेको हो । संघले प्रत्येक बर्ष पुस २७ गते नै बार्षिक साधारण सभा गर्ने निर्णय पारित गरेको छ ।

बैठकले अध्यक्ष कडेलको संयोजकत्वमा कार्यकारीणी समिति गठन गरेको छ । समितिको सदस्यमा वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, संचालक खेम पाठक र केवी उप्रेती रहेका छन् । संचालक रामकृष्ण खाडलाई विशेष आमन्त्रण गरिने उल्लेख छ ।

त्यसैगरी सल्लाहकारहरुमा सांसद बालकृष्ण खाँड, पूर्व मन्त्री गणेश शाह, सांसद पशुपति चौलागाई, सांसद उषा झा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, डा भरत प्रधान, डा हरिकृष्ण उपाध्याय र राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसीलाई मनोनय गरेको छ ।

बोर्डले विभिन्न उपसमिति समेत गठन गरेको महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले बताइन् । व्यवसाय प्रवद्र्धन उपसमतिको संयोजकमा भिम तुलाचन, सूचना तथा प्रकाशन उपसमितिको संयोजकमा टेकप्रसाद चौलागाई, शिक्षा तथा तालिम उपसमितिको संयोजकमा राजेन्द्र पौडेल,  वैदेशिक सहभागिता छनोट उपसमितिको संयोजकमा शिवकुमार डाँगी, महिला उपसमितिको संयोजकमा अमृता सुब्बा, युवा समन्वय उपसमितिको संयोजकमा सागर ढकाल रहेका छन् ।



Leave a comment