हाइलाइट

सहकारी महासंद्धारा दांङका १३५१ जनालाई बगर खेतीकालागि बीउ बितरण

सहकारी महासंद्धारा दांङका १३५१ जनालाई बगर खेतीकालागि बीउ बितरण :: Sahakari Akhabar

दांङ । राष्ट्रिय सहकारी महासंघले लमहीमा १३५ विगाह जमीनमा बगर खेतिकालागि १३५१ जना घरपरिवारलाई बीउ बितरण गरेको छ । जिल्लाको उद्यमशिल कृषि वहउद्देश्यीय सहकारी संस्थामा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कंडेलले तरकारी तथा फलफूलको बीउ बितरण गरेका हुन् ।

राष्ट्रिय सहकारी महासंघले जिआईजेडसँगको सहकार्यमा बगरखेती कार्यक्रमको प्रवद्र्धन गरेको हो । कोरोना प्रभावित तथा गरिव, किसान, युवा, मजदुर, र रोजगारी गुमाएकाहरुलाई स्थानिय सहकारीमा आवद्ध गराई स्थानियस्तरमै कृषि पेशामा जोडी रोजगारी श्रृजना गर्दै उनीहरुको जिविकोपार्जनमा सहयोग पुयाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको महासंघका अध्यक्ष मिनराज कंडेलले बताए ।

अध्यक्ष कडेलले वाँझो जमीनमा कृषि उत्पादन गरी रोजगारी श्रृजना गर्न महासंघले सहयोगी संघ संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी गराए । महासंघका नायवमहाप्रवन्धक बावुल खनालले कार्यक्रमका वारे जानकारी गराए । कार्यक्रममा जिल्ला सहकारी संघ दांङका अध्यक्ष गोबिन्दप्रसाद शर्माले बगरखेती प्रद्र्धनमा संघले आवश्यक समन्वय गरीरहेको बताए 

उद्यमशिल कृषि बहउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शंकर गौतमको अध्यक्षतामा सञ्चालित कार्यक्रम संस्थाका व्यवस्थापक विश्व अधिकारीले संचालन गरेका थिए । राष्ट्रिय सहकारी महासंघका सञ्चालक भीम तुलाचन र रामकृष्ण खाँणलगायतको उपस्थिति रहेको थियो । 



Leave a comment