झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई कोभिड पोजिटिभ देखिए उपचारार्थ दैनिक ५सय रुपैयाँका दरले कोरोना भत्ता उपलब्ध गराउने भएको छ ।
संस्थाको २४ औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाले कोभिड सहायता कार्यक्रम अन्तर्गत शेयर सदस्यमा कोभिड पोजिटिभ देखिए घरमै वा आइसोलेशनमा बस्नुपर्ने भए १४ दिनसम्म दैनिक ५०० रुपैयाँका दरले कोरोना भत्ता उपलब्ध गराउने बताएको छ ।
कोरोना महामारी बढ्दै गएकोले शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै २५ बेडको आइसोलेशन राख्न पहल गरिएको संस्थाका सचिव महेन्द्र गिरीले बताए । संस्थाले संचालन गरेको स्वास्थ्य कार्यक्रम अन्तरगत सिनियर सिटिजन केयर, वेलनेस सेन्टर स्थापना र अनलाइन फार्मेसी सेवा संचालन गर्ने तयारी भएको गिरीले बताए । उनले सदस्यले अस्पताल भर्ना भएर कोभिड–१९ को उपचार गर्नुपर्ने, आइसियुमा बस्नुपर्ने, प्लाज्मा थेरापी गर्नुपर्ने भएमा आफ्ना सदस्यलाई तीन लाख रुपैयाँसम्म उपचार सहयोग प्रदान जनाए ।
संस्थाले ताप्लेजुङ, तेह्रथुम, खोटाङ, धनकुटा र ओखलढुङ्गा जिल्लाका २/२ वटा पालिकामा संस्थाको कार्यक्षेत्र विस्तार गरेको छ । झापा, इलाम, पाँचथर, मोरङ, सुनसरी र उदयपुर जिल्लो कार्यक्षेत्र बनाएको संस्थाले थप ५ जिल्ला थप गरेको छे । चालू वर्षदेखि संस्थाको कार्यक्षेत्र ११ जिल्लाका ८० वटा पालिकामा पुगेको छ । आगामी वर्ष प्रदेशका सवै जिल्लामा कार्यक्षेत्र बिस्तार गर्ने संस्थाले बताएको छ ।
संस्थामा गत असार मसान्तमा एक लाख ४३ हजार ९८३ जना शेयर सदस्य रहेको कार्यकारी प्रमुख गिरीले बताए । संस्थाले एक अर्ब ३४ करोड ९१ लाख शेयर पूँजी, जगेडा तथा अन्य कोषमा एक अर्ब २१ करोड ५८ लाख, बचततर्फ ६ अर्ब १० करोड ९४ लाख, सम्पत्तीतर्फ ३४ करोड ५१ लाख र बाह्य ऋण ९८ करोड ९९ लाख रहेको जानकारी दिए । २५ करोड ९ लाख खुद मुनाफा आर्जन गरेको कार्यकारी प्रमुख गिरीले जानकारी दिए । कोभिडका कारण सदस्यलाई हर्जाना र ब्याज छुट गर्दा असार मसान्तसम्म १० प्रतिशत ब्याज मिनाहा गर्दा ३ करोड ४५ लाख छुट दिएको गिरीले जानकारी गराए ।
Leave a comment