हाइलाइट

सहकारी बैंकले हटायो कृषि कर्जा

पर्यटन प्रवद्र्धन कर्जाकालागि ६ दशमलव २५ प्रतिशत 

सहकारी बैंकले हटायो कृषि कर्जा :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष ०७७/०७८ मा कृषि तथा कृषि परियोजना क्षेत्रमा लगानी नगर्ने भएको छ । बैंकले जारी गरेको सूचनामा गत वर्षसम्म लगानी गर्दै आएको कृषि तथा कृषि परियोजना कर्जा शिर्षकबाटै हटाएको छ । बैंकले पर्यटन प्रवद्र्धनकालागि ६ दशमलव २५ देखि ९ प्रतिशतमा कर्जा लगानी गर्ने भएको छ ।

त्यसैगरी बैंकले गत वर्षको भन्दा ६ वटा कर्जा शिर्षक थपेको छ भने कर्जाको ब्याजदर पनि घटाएको छ । गत वर्ष २७ अर्ब १५ करोड २६ लाख ४७ हजार कर्जा लगानी गरेकोमा कृषि तथा कृषि परियोजना तर्फ ७ करोड ३५ लाख ४४ हजार ९ सय ९४ रुपैंया लगानी गरेको थियो । यो जम्मा लगानीको शुन्य दशमलव २७ प्रतिशत मात्र हो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती राष्ट्र बैंकले सहकारी बैंक सबै सहकारीको थोक कर्जादाता भएको र कृषि क्षेत्रकालागि लगानी गर्न राष्ट्रबैंकबाट पाउने सहुलियत कर्जा पनि उपलब्ध नभएको बताउँछन् ।

सहकारी बैंकले उत्पादन/प्रशोधन/भण्डारण/बजारिकरण, पर्यटन, मौशमी, गरिबी निबारणलगायतका २२ वटा शिर्षकका कर्जा सार्वजनिक गरेको छ । सार्वजनिक गरेको कर्जामा ६ प्रतिशत देखि १० दशमलव २५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।



Leave a comment