काठमाडौं । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शर्मिला अमात्यको अध्यक्षतामा संचालक समिति चयन गरेको छ ।
शनिबार सम्पन्न संस्थाको १२ औं बार्षिक साधारण सभाले अमात्यको नेतृत्वमा निर्विरोध नयाँ सञ्चालक समिति चयन गरेको हो । नयाँ सञ्चालक समितिको उपाध्यक्षमा तीलक बहादुर कार्की, सचिवमा विकल्प पाठक, कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पावर्ती मानन्धर, सुरज श्रेष्ठ र भीम गुरुङ चयन भएका हुन् । त्यस्तै लेखा समितिको संयोजकमा अच्युतम काफ्ले तथा सदस्यहरुमा श्रीधर पाठक र गंगाकुमारी अधिकारी चयन भएका छन् । नव निर्वाचित समितिले शनिबार नै पदभार ग्रहण गरेका छन् ।
संस्थाले मंसिर १४ गतेबाट साधारण सभाको कार्यक्रम गरेको थियो भने १९ गते समापन सभा गरेको हो । संस्थाले आर्थिक वर्ष २०७६र०७७ मा संस्थाको सेयर पूँजी ११ करोड १४ लाख पुगेको छ । संस्थाले यस अवधिमा १ अर्ब ३१ करोड ५ लाख रुपैयाँ बचत संकलन गरी १ अर्ब ४२ करोड ७२ लाख कर्जा प्रवाह गरेको जनाएको छ ।
संस्थाको कुल आम्दानी २४ करोड ३० लाख रहेको छ । त्यसैगरी संस्थाले यस वर्ष २ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । संस्थाको साँखु, नयाँ बजार, कालीमाटी र काँडाघारीमा सदस्य सेवा केन्द्रहरु रहेका छन् । संस्थाले नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत सदस्यहरु घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, अन्तर बैंक रकम ट्रान्सफर, वालेट लोड, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् ।
त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, १४ वटा बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सकिने जनाएको छ । संंस्थामा २५ सय सदस्यले मोबाईल बैंकिङ सेवा लिएको संस्थाले जनाएको छ ।
Leave a comment