काठमाडौं । कुपण्डोलमा मुख्य कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई झुक्याएको छ । संस्थाको २३ औं बार्षिक साधारण सभाको सूचनाबाट बञ्चित भएका सदस्यहरुले प्रतिवेदनपनि पुरा पढ्न नपाउने भएका छन् । संस्थाको आधीकारिक फेसबुकमार्फत सूचना जारी गरी मंसिर १२ गते साधारण सभाको कार्यक्रम प्रत्यक्षरुपमा हेर्न सूचित गरेको देखिन्छ ।
तर संस्थाले साधारण सभा सम्पन्न गरेको अधिकांश सदस्यलाई थाहानै छैन् । सामाजीक संजाल ( फेसबुक) मार्फत २० मिनेट साधारण सभाको कार्यक्रम प्रत्यक्ष प्रसारण गरेको संस्थाको गतिबिधि शंकास्पद रहेको छ । संस्थामा करिब १२५०० शेयर सदस्य रहेको संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष केबी उप्रेतीले साधारण सभामा प्रस्तुत प्रस्तावहरुमाथि प्रस्ट पारेका थिए । उनले गत वर्षसम्म एकिकरण भएका १६ वटा संस्थाहरुमध्ये सगरमाथा बचत तथा ऋण सहकारी संस्था बिघटन हुन लागेको र अरु केही संस्थाहरुपनि बिघटको तयारीमा रहेको बताएका छन् । त्यसैगरी केही संस्थाहरुले एकिकरणको प्रस्ताव गरीरहेको पनि उनले बताए । उनले अहिले बिघटन हुन लागेको सगरमाथा सहकारी आफ्नै कारणले अलग्गिन लागेको बताए ।
गत वर्षहरुमा संस्थाको साधारण सभाका बारेमा प्रस्ट नबोलेको सहकारीले यो वर्ष भने साधारण सभालाई २३ वर्षको साधारण सभा भनेर उल्लेख गरेको छ । संस्थाको आधिकारिक वेवसाइड पेजमा संस्थाको आर्थिक वर्ष ०७६÷०७७ को प्रतिवेदन राखिएको भएपनि कभर र साधारण सभाको सूचना बाहेक टिप्पणी सहित २६ पृष्ठको प्रतिवेदन राखिएको छ ।
प्रतिवेदनमा अध्यक्ष र लेखा समितिको प्रतिवेदन राखिएपनि स्वतन्त्र लेखापरिक्षकको प्रतिवेदनको महत्वपूर्ण पाटो लेखानिति तथा लेखासम्वन्धि टिप्पणीहरु समावेस गरिएको छैन । संस्थाको लेखा समितिको प्रतिवेदनमा पनि संस्थाले संचालकहरुका नाममा रहेको पुराना कर्जाहरु असुल गर्न नसकेको औल्याएको छ । त्यसैगरी अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा जगेडा कोष तथा कोषमा २२ करोड घाटा रहेको देखाएको छ ।
देश भर कार्य क्षेत्र रहेको संस्था विभिन्न जिल्लाका गरी १६ वटा संस्था एकिकरण गरिसकेको छ । हाम्रो सगरमाथा बहेउद्देश्यीय सहकारी संस्था भएपछि संस्थाले १८ वटा सेवा केन्द्रमार्फत बचत तथा ऋणको मात्र कारोबार गर्दै आएको छ । संस्थाले २०७१ साल भाद्र १० गतेदेखि हाम्रो सगरमाथा बहुउद्देश्यीय सकारी संस्थाको नामबाट एकिकृत कारोबार गर्दै आएको हो ।
Leave a comment