काठमाडौं । सहकारी संस्थाहरुबिच मर्जरलाई प्रोत्साहन गरिरहेको बेला देशभर कार्यक्षेत्र रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था भने टुक्रने भएको छ । १६ वटा संस्था मर्जर गरेको हम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था अन्तत बिघटन हुने भएको छ । संस्थाबाट सगरमाथा बचत तथा ऋण सहकारी अलग्निे भएको हो ।
संस्थाको सम्पन्न २३ औं बार्षिक साधारण सभाबाट सगरमाथा बचत तथा अण सहकारी अलग्गिन लागेको संस्थाका तत्कालिन कार्यकारी अध्यक्ष देवराज पराजुलीले बताए । उनी बर्तमान संस्थाका सचिव रहेका छन् । मर्जर गरी २४ वटा सेवा केन्द्रबाट कारोबार गर्दै आएको संस्थामा पुरानो ऋण असुली र संचालकहरुको कार्यशैलीका विषयमा मनमुटाव बढ्दै गएको बताइएको छ । समाचार स्रोतका अनुसार केही संस्थाको पुराना ऋण असुलीका पुराना संचालकहरुले चासो नदिएको विषयमा विवाद बढेपछि संस्था विभाजन गर्ने विषयमा समेत छलफल हुन थालेको हो ।
संस्थाका सचिव पराजुली आन्तरिक सहमतीमै संस्था अलग्गीने निणर्य भएको बताउँछन् । उनी भन्छन्, कुनै मन मुटाव भएर हैन, छुट्टै ब्यवसाय गर्ने हिसावले संस्था अलग्गिन लागेको हो । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका अध्यक्ष केबी उप्रेती भने सगरमाथा सहकारीका कारण संस्था अलग्गिन लागेको बताउँछन् । ‘केही साथीहरुलाई कि पुरानो ऋण उठाउनुहोस या संस्था विभाजन गर्नुहोस भनेका छौं’ उनले भने, केही संस्था बिघटन भएपनि धेरै संस्थाहरु एकिकरणकोलागि प्रस्ताव आएको छ ।
आजको साधारण सभाबाट संस्था एकिकरण र बिघटन्को प्रकृया सुरु भएको छ उनले भने । ’ संस्थाले मंसिर १२ गते संस्थाको २३ औं बार्षिक साधारण सभा गरेको छ । संस्थाले प्रस्तुत गरेको प्रतिवेदनमा लेखासमितिले संचालकहरुका नाममा रहेको पुराना कर्जा असुल गर्नु पर्ने सुझाव दिएको छ । संस्थाले साधारणसभामा संस्था विभाजन सम्बन्धी प्रस्ताव समेत पेश गरेको थियो । सहकारी ऐन २०७४ जारी भएपछि संस्था विभाजको प्रस्ताव पेश गर्न लागेको सम्भवत पहिलो संस्था हो । सहकारी ऐनमा संस्था मर्जरसँगै विभाजनको व्यवस्था समेत गरिएको छ ।
Leave a comment