नेफ्स्कून र बैंकको ब्याजदर एकरुपता गर्ने सम्झौता देखावटी

पाँच महिनासम्म पनि भएन कार्यान्वयन

नेफ्स्कून र बैंकको ब्याजदर एकरुपता गर्ने सम्झौता देखावटी :: Sahakari Akhabar

कार्यदलका संयोजक चन्द्रप्रसाद ढकालले प्रारभिक प्रतिवेदन बनाउने क्रममा १३ वटा बिषयमा सहकार्य हुने भनिए पनि दुई संस्थाविच तत्काल विरोधाभाष कार्य नभएको समझदारी गर्नै पर्ने विषय पनि नभएकोले कुनै विषयमा यसो गर्ने भन्ने निणर्य गर्नु नपरेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाइले बित्तिय प्रोड्क्ट डिजिटलाइजेसन गर्न सहकार्यमा जोड दिइएको बताए । सहकार्य पश्चात बैंकको चेक नेफ्स्कून मार्फत र नेफ्स्कूनको चेक बैंकमार्फत साटिने बताएका थिए ।

काठमाडौं । सदस्य सहकारी संस्थालाई वित्तियलगायतको सेवा दिन स्थापना भएका दुई संस्थाबीच ब्याजदरलगायत सेवामा पनि प्रतिस्प्रर्धा हुने गरेको छ । दुवै संस्थाबीच ब्याजदर तथा सेवामा एक रुपता गर्ने सम्झौता भएपनि कार्यान्वयन भने हुन सकेको छैन ।

सहकारी संघ संस्थासंग थोक कर्जा लगायत कामगर्ने सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) बीच वित्तिय कारोबारका साथै अन्य सेवा प्रवाहलगायतमा समेत प्रतिस्प्रर्धा हुने गरेको छ । दुवै संस्थाबीच बचत तथा कर्जा कारोबार र सेवालगायतका विषयमा सहकार्य गर्न २०७७ बैशाखमै सहमती भएको थियो । सहमती पछि ८ जनाको कार्यदल पनि निमार्ण भएको थियो ।

कार्यदलले सहकार्यको सम्भावनाको अध्यन प्रतिवेदन बुझाइसकेकपनि सहकार्य गर्ने भानिएको विषय कार्यान्वयनमा आएको छैन । कार्यदलले १३ वटा विषयमा सहकार्य गर्ने सुझाव दिएको थियो । सहकारी बैंकको १२ हजार हाराहारीमा सदस्य रहेका छन् भने नेफ्स्कूनको जिल्ला संघसहित ३ हजार ९ सय ११ सदस्य रहेका छन् ।

पछिल्लो समय दुवै संस्थाले लिने दिने ब्याजदरमा परिवर्तन गरेको पाइन्छ । परिवर्तन गरिएको ब्याजदरमा सहकारी बैकले २०७७ साल भदौ १० गते देखि लागु हुने गरी बचतमा २ दशमलव ५ प्रतिशत देखि ७ प्रतिशत सम्म र लगानीमा ६ दशमलव ५ देखि ९ दशमलव ९९ प्रतिशत सम्म तोकेको छ । त्यसैगरी नेफ्स्कूनले २०७७ असोज देखि लागु हुने गरी बचतमा २ दशमलव ५ प्रतिशत देखि ७ प्रतिशत सम्म तथा लगानीमा ७ दशमलव ७५ प्रतिशत देखि १० दशमलव ७५ प्रतिशत दर तोकेको छ ।

नेफ्स्कूनले फिल्ड कार्यालय समेत राखेर वित्तिय कारोबार गर्दै आएको छ भने सहकारी बैंकले विभिन्न जिल्लामा शाखा खोलेर वित्तिय कारोबार गर्दै आएको छ । सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट सिमित बैकिङकारोबारको अनुमती पाएको छ । बचत तथा ऋण मुख्य उद्धेश्य भएका संस्थासंग मात्र नेफ्स्कूनले कारोबार गर्न पाउँछ भने सहकारी बैंकले सवै प्रकृतिका सहकारीसंग कारोबार गर्न पाउँछ । ३५ हजार सहकारी संघ संस्था मध्ये १४ हजार बचत तथा ऋण सहकारीहरु रहेका छन् ।

ब्याजदरमा अस्वस्थ प्रतिश्प्रर्धाका कारण सहकारी संस्थाहरुलाई प्रलोवनमा सदस्य वनाउने होडबाजी समेत हुने गरेको सहकारीकर्मीहरु बताउँछन् । त्यसैगरी सहकारी बैंक र नेफ्स्कूनले आर्थिक कारोबारका साथै शिक्षा तालिमलगायतका कार्य गर्दै आएका छन् । नेफ्स्कूनले संचालन गरेको संस्थाको गुणस्तर प्रमाणिकरण कार्यक्रम पछिल्लो समय सहकारी बैंकले समेत संचालन गरेको छ ।

गत साउन १ गते कार्यदलले बुझाएको “नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको सहकार्यको मार्गचित्र” मा राष्ट्रिय सहकारी बैंक र नेफ्स्कून बिच ब्याजदरमा एकरुपता गर्ने लगायत विषयमा सहमती भई समझदारी पत्रमा सहकार्यकोलागि दुवै संस्थाले हस्ताक्षर गरेका थिए । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको संयोजकत्वमा महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दीपक पनेरु तथा सहकारी बैंकका सञ्चालकहरु सरिता भट्टराई, ज्ञानबहादुर तामाङ र रामहरि बजगाई एवं दुवै संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु पदेन सदस्य रहने गरी ८ सदस्यीय संयुक्त कार्यदलले साझेदारीका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सम्भावनाहरु सहितको मार्गचित्र तयार गरी बुझाएको थियो ।

मार्गचित्रमा दुवै निकाय बीच बचत तथा ऋण सहकारीको सम्बन्धमा साझा कार्यक्रम बनाएर अघि बढ्ने उल्लेख छ । वित्तीय सेवा तथा व्याजदर, प्रविधिकरण, बहस पैरवी, विपद व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध, सेवाकेन्द्र, शाखा स्थापना, सञ्चालन र व्यवस्था आदि समन्वयका अल्पकालीन क्षेत्रका सम्भावना औल्याएपनि कार्यान्वयनको पाटो भने कमजोर रहेको छ । मार्गचित्रले मध्यकालीन तथा अन्य समसामयिक विषयमा दीर्घकालीन सहकार्यका क्षेत्रहरु पहिचान गरेको उल्लेख छ । तरलता ब्यबस्थापनका लागि दुवै संस्थाले विपद् ब्यवस्थापन केन्द्रिय तरलता कोष स्थापना गर्ने र उक्त कोषमा बैंकले एक अर्ब र नेफ्स्कूनले १० करोड रुपैंया जम्मा गर्ने समेत बताइएको थियो ।

कार्यदलका संयोजक चन्द्रप्रसाद ढकालले प्रारभिक प्रतिवेदन बनाउने क्रममा १३ वटा बिषयमा सहकार्य हुने भनिए पनि दुई संस्थाविच तत्काल विरोधाभाष कार्य नभएको समझदारी गर्नै पर्ने विषय पनि नभएकोले कुनै विषयमा यसो गर्ने भन्ने निणर्य गर्नु नपरेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाइले बित्तिय प्रोड्क्ट डिजिटलाइजेसन गर्न सहकार्यमा जोड दिइएको बताए । सहकार्य पश्चात बैंकको चेक नेफ्स्कून मार्फत र नेफ्स्कूनको चेक बैंकमार्फत साटिने बताएका थिए ।

देशको समग्र आर्थिक तथा सामाजिक क्षेत्रको सुरक्षित अवतरणका लागि दुवै निकायबीच संयुक्त रणनीति अख्तियार गरी बचत तथा ऋण सहित सम्पूर्ण सहकारी संघ संस्थाको दीगोपन, प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने वातावरण निर्माण गर्न साझा विषयहरुमा साझेदारी कायम गर्दै अघि बढ्न बाञ्छनीय भएकाले सहकारी ऐन २०७४ को दफा २५ (घ) र ५४ (ग) र (झ) लाई आधार पारीे मार्गचित्र तयार पारी लागू गरिएको जनाइएको छ ।



Leave a comment