हाम्रो नेपाल र कान्तिपुर साकोस बीच एकिकरण घोषणा

हाम्रो नेपाल र कान्तिपुर साकोस बीच एकिकरण घोषणा :: Sahakari Akhabar


झापा । हाम्रो नेपाल बचत तथा ऋण सहकारी र कान्तिपुर बचत तथा ऋण सहकारीबीच एकिकरण सभा सम्पन्न भएको छ । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारण सभाको दिन दुवै संस्थाको एकिकरण घोषणा सभा पनि गरिएको छ । 

झापा जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य गणेश ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।  उपसमति स्तर सम्मको प्रतिनिधित्व तथा इकाइस्तरबाट चुनिएर आएका सदस्यहरुले माइन्युट प्रमाणीकरण गर्ने नीति अनुरुप साधारणसभा सम्पन्न गरिएको जनाइएको छ । हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दंगाल र कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वासुदेव भट्टराईको संयुक्त अध्यक्षतामा सम्पन्न साधारणसभामा दंगालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले सुत्केरी पोषण भत्ता, नवजात शिशु सुविधादेखि शिक्षा, स्वास्थ्य उपचार, काजकिरिया खर्च प्रदान, ऋण मिनाहालगायत धेरै शीर्षकमा सदस्यले सेवा पाउँदै गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । संस्था विकासको चरणमा रहेकाले यो अवधिमा सिङ्गो परिवार प्रतिवद्ध भएर लाग्नुको विकल्प नरहेकाले कोरोना महामारीले आर्थिक मन्दी सुरु भइसके पनि आफ्नो संस्थाले सदस्यहरुले पाउने प्रतिफलमा कन्जुस्याईं नगरेको उनको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि ढकालले हाम्रो नेपाल साकोसलाई जिल्लाकै अग्रणी संस्था भएको बताए । जिल्लामा १० अर्बको वासलात भएका संस्थासँग एक अर्ब वासलात भएको हाम्रो नेपालले प्रतिष्पर्धा गर्नुपर्ने बाध्यता भए पनि सेवामा गुणस्तरीयताबाट यो सम्भव हुने उनको भनाई छ ।

सेवा केन्द्र १५ बाट ३० बनाउने कुरा स्वागतयोग्य भएपनि हरेक शाखाको कारोबार १० करोडभन्दा कम्ती भएमा अरुसँग प्रतिष्पर्धा गर्न नसकिने भएकाले गुणस्तरीयतातर्फ ध्यान दिन सञ्चालकहरुलाई आग्रह गरे ।कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कूलप्रसाद संग्रौलाले सदस्यहरुको कोरोना बीमा गरिदिने जिल्लाकै पहिलो सहकारी संस्था भएकोमा हाम्रो नेपाल साकोसलाई धन्यवाद दिँदै भुक्तानीका लागि आउने सिफरिसमा कुनै विलम्व हुन नदिने प्रतिवद्धता जनाए ।

कान्तिपुर साकोसका अध्यक्ष वासुदेव घिमिरेले दुई संस्थाबीचको एकीकरणमा कुनै विमति नभएको स्पष्ट पारे । दमकमा हाम्रो नेपालको कान्तिपुर सेवा केन्द्र सञ्चालन हुनेगरी सोही बमोजिक नीति विधि र विनियममा चल्ने प्रतिवद्धता व्यक्त गरे । साधारणसभाकै बीचमा कान्तिपुर साकोसका सबै समिति उपसमितिका पदाधिकारीहरुलाई सम्मानपत्रसहित विदाई गरिएको थियो ।



Leave a comment