काठमाडौं । कर्जा सूचना केन्द्रले ९ वटा सहकारी संस्थालाई कालोसूचिमा राखेको छ । कर्जा सूचना केन्द्रले ऋण लिएर भुक्तानी नगर्ने तथा चेक अनादर (बाउन्स) गर्नेहरुलाई कालोसूचिमा राख्दै आएको छ । कार्तिक महिनामा मात्रै दुई वटा सहकारी संस्था कालोसूचिमा परेका छन । केन्द्रले कार्तिक २ श्री राम्चेदेवी बचत तथा ऋण सहकारी संस्था र कार्तिक २६ प्राईम बचत तथा ऋण सहकारी संस्था कालोसूचिमा राखेको हो ।
त्यस्तै रानीवन कृषि सहकारी संस्थालाई पनि २०७७ असार ३० गते कालोसूचिमा राखेको छ । यसअघि २०७६ जेठ ५ पनि यो संस्था कालोसूचिमा परेको थियो । २०७६ कार्तिक ५ गते हितैषी बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचिमा परेको थियो । २०६० पुस २८ गते शैक्षिक समाज सहकारी संस्था, २०७० कार्तिक ७ गते श्री महिला जनउत्थान दुग्ध उत्पादक सहकारी संस्था, २०७१ फागुन २५ गते सिटी बचत तथा ऋण सहकारी संस्था कालोसूचिमा परेको थियो । त्यस्तै राधा कृष्ण दुग्ध उत्पादक सहकारी संस्था २०७३ चैत ३० र मनीस्ट्रीरी बहुउद्देश्यीय हकारी संस्था २०७६ असार १६ गते कालोसूचिमा परेको थियो ।
Leave a comment