काठमाडौं । काठमाडौं महानगरपालिकाले पुस मसान्तभित्र महानगरभित्रका सबै सहकारीलाई साधारणसभा गरिसक्न निर्देशन दिएको छ । महानगरको सहकारी विभागले आईतबार सूचना जारी गर्दै महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न भनेको हो ।
कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहेको अवस्थामा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धीमापदण्डको पालना गरी साधारणसभा सम्पन्न गर्न सूचना जारी गरेको हो । सधारण सभा सम्पन्न गरेको प्रतिबेदन संस्थाले १५ दिनभित्र महानगरको सहकारी विभागमा बुझाउन भनेको छ । विभागले भौतिक वा अभौतिकरुपमा कसरी सभा सम्पन्न गर्ने भन्ने विषयमा सूचनामा उल्लेख गरेको छैन ।
सहकारी विभागले जारी गरेको सहकारीहरुको साधारण सभा सम्वन्धि निर्देशिकामा विषम परिस्थितिमा प्रविधिको प्रयोग गरेरपनि साधारण सभा सम्पन्न गर्न सकिने जनाएको छ । अधिकांश सहकारीले सहकारी विभागद्धारा जारी निर्देशन बमोजिम संस्थाको साधारण सभा गरिरहेका छन् ।
Leave a comment