शिव शिखर बहुउद्देश्यीय सहकारीको तेश्रो ‘गार्डेन मार्ट’ तुल्सीपुरमा 

शिव शिखर बहुउद्देश्यीय सहकारीको तेश्रो ‘गार्डेन मार्ट’ तुल्सीपुरमा  :: Sahakari Akhabar

दाङ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले तुलसीपुरको बाहिनी चोकमा तेस्रो गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ । संस्थाले तीन करोड लगानीमा संचालन गरेको मार्टको सोमबार उद्धघाटन गरेको हो ।

भक्तपुरमा मुख्य कार्यालय रहेको सहकारीको सेवा केन्द्रसंगै तुलसीपुरमा मार्ट सञ्चालन गरेको हो । जिल्लाका सबै क्षेत्रका उपभोक्तालाई सहज र सुलभ रुपमा उपभोग्य सामग्री उपलब्ध गराउने तथा यहाँका नागरिकलाई प्रत्यक्ष रोजगारी दिने मुख्य उद्देश्यका साथ गार्डेन मार्ट सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।

मार्टले हाल ५० जना बढीलाई प्रत्यक्ष रोजगार प्रदान गरिरहेको छ । मार्टमा उपकार ब्रान्डका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरु उपलब्ध छ । त्यो बाहेक चामल, दाल, चिया, चकलेट, ध्यू, मह, जुस टिमुर लगायतका आफ्नै उत्पादनहरु बजारमा ल्याउने जनाएको छ ।

त्यस्तै भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग, बाल खेलाउना, लुगा, पेय पदार्थ लगाएतका सम्पुर्ण सामाग्रीहरु पनि बिषेश छुटका साथ उपलब्ध गराउने जनाएको छ । सहकारीले पहिलो मार्ट डडेलधुरा, दोस्रो भक्तपुरमा र तेश्रो मार्ट दाङको तुलसीपुरमा सञ्चालनमा ल्याएको हो ।

संस्थाले ललितपुरको ठैब, महाराजगञ्ज, किर्तिपुर, तुलसीपुर लगायतको ठाउँमा मार्ट सञ्चालनको अन्तिम तयारीमा रहेको जनाएको छ । निकट भविष्य मै ७७ जिल्लामै मार्ट विस्तार गर्ने संस्थाका मुख्य प्रबन्धक लिलानाथ गौमतले जानकारी दिए । काठमाडौं उपत्यकामा मात्रै ५० वटा मार्ट सञ्चालन गर्ने तयारी रहेको गौतमले बताए ।



Leave a comment