काठमाण्डौंका ३ वटा सहकारीविच एकिकरण सम्झौता

काठमाण्डौंका ३ वटा सहकारीविच एकिकरण सम्झौता :: Sahakari Akhabar

काठमाडौं । काठमाडौमा रहेका तीनवटा सहकारी बीच एकिकरण सम्झौता भएको छ । कीर्तिपुरमा रहेको दर्शन साकोस, नयाँ बजारमा रहेको सोनित्य साकोस र अनामनगरमा रहेको आदिबासी जनजाती महिला साकोसबीच एकिकरण सम्झौता भएको हो ।

दर्शन बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा तीनै वटा सहकारीबीच एकिकरण गर्ने सम्वन्धि सम्झौता भएको दर्शन साकोसका अध्यक्ष दिनेश दर्शनधारीले जानकारी दिए । दर्शन साकोसको नव निर्मित भवन उद्धघाटन कार्यक्रमको अवसरमा संस्था एकिकरण गर्ने घोषणा गरेको अध्यक्ष दर्शनधारीले बताए ।

भवन उद्धघाटन कार्यक्रममा काठमाण्डौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङले कार्तिक १३ गते दर्शन भवन कीर्तिपुरमा ३ वटा सहकारी बीच एकिकरण घोषणाको सम्झौता पत्र प्रदान गर्दै तामाङले काठमाण्डौंमा हाल करिब ४५सय सहकारी सक्रिय रहेको बताए । उनले एकिकरण अभियानबाट ३ हजारमा झार्ने बताए । उनले सरकारको निती समेत सहकारीहरु मर्ज गराउनु रहेकोले अर्भि बताए ।

दर्शन साकोसका अध्यक्ष दिनेश दर्शनधारीले कीर्तिपुर नगरपालिकामा नै पहिलो एकिकरण गरी नमुना हुन पाउँदा खुसी लागेको र एकिकरण पछि कार्य क्षेत्र बिस्तार गरी सदस्यलाई सन्तुष्टि हुने सेवा प्रवाह गर्ने बताए । एकिकरण पछि संस्थाको नाम दर्शन साकोस रहने र नयाँ बजार स्थित स्वनित्य सेवा केन्द्र तथा अनमनगरमा आदिबासी जनजाती महिला सेवा केन्द्रको रुपमा विस्तार गर्ने बताइएको छ ।

सोनित्य साकोसका अध्यक्ष तारा तुलाधरले सदस्यले पाउने वित्तीय सेवाको गुणस्तर बृद्धि गर्न अहिलेको अवस्थामा संस्था एकीकरण अपरिहार्य र अनिवार्य रहेको बताइन् । त्यसैगरी आदिबासी जनजाती महिला बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष अधिवक्ता शान्तिकुमारी राईले सहकारी चलाउन कानुन मात्र जानेर नहुने र ब्यवसायिकता पनि बुझ्नु पर्ने बताइन् ।



Leave a comment