काठमाडौं । झापाको पहिलो पाईला बहुउद्देश्यीय सहकारी र भक्तपुरको टेवा कृषि सहकारी संस्थाले अन्तर सहकारी कारोबार सुरु गरेका छन् । दुई संस्थाबीच खाद्यान्न लगायत उपभोग्य बस्तुको सेवा दिने विषयमा अन्तरसहकारी कारोबारको सम्झौता भएको हो ।
दुई वटा सहकारीको सहकार्यमा सुलभ मूल्यमा उपभोक्तालाई खाद्यान्न, फलफूल, पशुजन्य वस्तु बिक्रि वितरण कार्य सुरु गरिएको पहिलो पाईला सहकारीका अध्यक्ष सनिप भुजेलले बताए । शनिबार पहिलो पाईला बहुउद्देश्यीय सहकारी संस्था र टेवा कृषि सहकारीको सहकार्यमा सनसरी माई खाद्य उद्योगबाट उत्पादित चामल ब्राण्डको चामल प्याकिङ गरिुउको हो ।
पहिलो पाइलाका अध्यक्ष भुजेलका अनुसार सनसरी माई खाद्य उद्योगबाट गुणस्तरीय चामल खरिद गरी काठमाडौंमा सुलभ मूल्यमा उपभोक्ता माझ पुर्याइनेछ । कार्यक्रममा भुजेलले नेपालमै पहिलो पटक दुई वटा सहकारी मिलेर अन्तर सहकारी कारोबार गर्न लागिएको बताए । सहकारीहरु बिचको आपसी सहकार्य अन्र्तगत पहिलो पाइलासँग मिलेर सनसरीमाई खाद्य उद्योगबाट गुणस्तरिय चामल काठमाडौंमा रहेका सहकारीका सदस्यलाई उपलब्ध गराइने टेवा सहकारीका सचिव जगतकृष्ण श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सनसरी माई खाद्य उद्योगका सञ्चालक नविन थापाले पनि आफूले गुणस्तरिय चामल उपभोक्ता माझ पुर्याउने प्रतिबद्दता जाहेर गरे । बजारमा किसानले उत्पादन गरेको जुनसुकै वस्तुलाई सिधै उपभोक्ता समक्ष पुर्याउने उद्देश्यका साथ यो कार्यको थालनी गरिएको अध्यक्ष भुजेलले बताए ।
उनले भने ‘काठमाडौंको सल्लाघारीमा टेवा कृषि सहकारी र पहिलो पाइला सहकारीको स्टल लिइसकेको छौं,’ इलाममा छुर्पीलगायत डेरीजन्य खाद्यको बिक्रि वितरणको लागिसमेत तयारी भइरहेको छ ।’ यस्तै किवि तथा तरकारीजन्य बस्तुको पनि सोझै किनेर आफ्ना ग्राहकका साथै अन्य उपभोक्ताहरुलाई पुर्याउने उनले बताए ।
टेवा कृषिका अध्यक्ष गणेशमान श्रेष्ठका अनुसार काठमाडौंमा धेरै मूल्य तिरेर पनि गुणस्तरिय चामल नपाउने ग्राहक, उपभोक्ताहरुको लागि यो उपाय फाइदाजनक हुने बताए । उनले भने, ‘अब भने यहाँबाट काठमाडौं लगेर कम मूल्यमा उपभोक्ताकोमा खाद्यान्न पुर्याउन पाउँदा खुशी छु ।’ यस प्रकारको कार्यलाई आगामी दिनमा निरन्तरता दिएर नेपालमा नै सहकारीलाई नमूनाको रुपमा चिनाउन आफु लागि परेको श्रेष्ठले बताए ।
Leave a comment