राष्ट्रिय सहकारी बैंकले नमुना परियोजना सञ्चालन गर्ने

राष्ट्रिय सहकारी बैंकले नमुना परियोजना सञ्चालन गर्ने :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सातै प्रदेशमा नमुना परियोजना सञ्चालन गर्ने भएको छ । नमुना योजना अन्तर्गत पहिलो पटक गण्डकी प्रदेश सरकारसंगको सहकार्यमा प्रदेश स्तरीय नमुना परियोजना अगाडि बढाउन लागेको हो ।

राष्ट्रिय सहकारी बैंकले गरेको प्रगति समिक्षा एवम् भावी कार्यदिशा : सभावना र चुनौती विषयक एक दिने गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम अध्यक्ष केबी उप्रेतीले सहकारी बैंकमार्फत सहकारी क्षेत्रको समग्र विकास र प्रवद्र्धनमा सबैसंग समन्वय र सहकार्य गर्ने बताए । उनले आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउन सुझाव र समन्वय आवश्यक रहेको भन्दै सहकारी अभियानका तर्फबाट के गर्न सकिन्छ ? सुझाव र समन्वय गर्न आव्हान गरे ।

उनले उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा काम गर्ने गरी सञ्चालन गर्न लागिएको परियोजना सहकारी संघ संस्थाहरु मार्फत नै गरिने भएकाले योजना बनाउन आग्रह गरे । प्रत्येक प्रदेशमा एउटा पालिकामा गरिवी निवारणका नमुना परियोजना सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । गरिव घर पहिचान गरी सबै भन्दा बढी गरिव घर परिवार भएको एउटा प्रदेशको एउटा पालिकामा कार्यक्रम अगाडि बढाउने बैंकले तयारी गरेको जानकारी दिए । देशभरका सहकारी संघहरु मध्ये पहिचो चरणमा १० वटा संघहरुको संस्थागत विकासमा बैंकले सहयोग गर्ने कार्यक्रम अगाडि बढाएको अध्यक्ष उप्रेतीले बताए ।

कार्यक्रमका सहभागीहरुले सहकारी क्षेत्रमा देखिएका अन्यौलताहरुलाई सहजीकरण गरेर सहज रुपमा अगाडि बढ्ने वातावरण सिर्जना गर्नका लागि सरकार र अभियानको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताएका थिए । सहकारी ऐनको कार्यान्वयनका सन्दर्भमा मुख्य कारोबार, दोहोरो सदस्यता, साधारणसभा, ब्याजदर लगायतका विषयमा सहकारीकर्मीहरुमा अन्यौलता देखिएको र त्यसको व्यवस्थापनमा सहकारी अभियान र विभागले समन्वय गर्नु पर्नमा सहभागीहरुको जोड थियो ।     



Leave a comment